Home / Feature Breaking news / मावि चौघेरामा वक्तृत्वकला प्रतियोगीता

मावि चौघेरामा वक्तृत्वकला प्रतियोगीता

घोराही, २८ फागुन

कोराना भाईरसको महामारीका कारण शिक्षामा परेको प्रभावका विषयमा मावि चौघेरामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र प्रजातन्त्रका तथा विकास केन्द्रको सहकार्यमा सञ्चालनमा रहेको शसक्तीकरणकालागी शिक्षा कार्यक्रम अन्तरगत मावि चौघेरामा शुक्रवार वक्तृत्वकला प्रगियोगिता भएको हो ।

विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लको अध्यक्षता एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको प्रमुख आतिथ्य र शसक्तीकरणकालागी शिक्षा कार्यक्रमका आर्थिक सहयोगी श्रीया गिरीको विशिष्ठ आतिथ्यमा भएको प्रथियोगितामा १४ जना विद्यार्थीहरुले सहभागीता रहेको थियो ।

प्रतियोगितामा कक्षा १० का पवित्रा घर्ति, कक्षा ७ का सम्झना पाण्डे, कक्षा ७ का रोमश भट्टराई तृतीय र कक्षा ६ का पुनम शर्मा सान्त्वना भएको थिए । प्रतिायेगितामा सहभागी विद्यार्थीहरुले कोरोना भाईरसको महामारीका कारण शैक्षिक क्षेत्रमा परेको प्रभावका कारण आफूहरुको शिक्षामा पनि असर गरेको बताएका थिए ।

प्रतियोगिताको निर्णायकमा शिक्षकहरु गिरबहादुर वली, सुस्मा रावत र चुमा भट्टराई हरहनुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक शोभाराम गिरीले गर्नुभएको थियो । कार्यक्रममा हाल लण्डनमा रहनुभएका श्रीया गिरी र शीला विजयानन्दले शसक्तीकरणकालागी शिक्षा कार्यक्रमकालागी २५ हजार रुपैया नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*