Home / Election / ‘पाहुँना होईन हाम्रै नेता चाहिएको छ’– मतदाता

‘पाहुँना होईन हाम्रै नेता चाहिएको छ’– मतदाता

लक्ष्मीपुर, ११ मंसीर
मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वातनकालागि उमेद्वारहरु घरदैलो एवं सभाहरुमा व्यस्त छन् । उमेद्वारहरु आफ्नो पक्षमा मत कसरी पार्ने भनेर लागिरहेका छन् ।

यसै क्रममा लक्ष्मीपुरबासीहरुले आफ्नो ठाँउको नेता अर्थात उमेद्वारलाई मत दिने बताएका छन् । उनीहरुले यो क्षेत्रको विकास गर्ने यस क्षेत्रबासी उमेद्वार नै चाहिएको बताएका छन् ।

कांग्रेसले सोमवार विहान घोराही उपमहानगरपालिका वडा नम्बर ४ अर्थात लक्ष्मीपुरका विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले पाहुना मान्छे होईन स्थानीय नै उमेद्वार भएकाले मत स्थानीयलाई नै जाने बताए ।

कार्यक्रममा सहभागी भागिराम चौधरीले कहिले देख्दै नदेखेको कहिले आफूहरुको घरमा आएका उमेद्वार कसरी भोट दिने भन्दै सधै आफूहरुको साथमा भएका स्थानीय नेता हरेक सुखदुखमा साथ दिने नेतालाई मत दिने बताए ।

‘सधै काठमाडौ बस्ने अहिले आएर हात जोर्दै भोट माग्ने नेतालाई भोई दिईन्न’ चौधरीले भने–‘हामीलाई सबै साथ दिने यहीको मान्छेलाई भोट दिने हो । हामी सबैको सल्लाह त्यही छ ।’

यस्तै कार्यक्रममै सहभागी मानकुमार पुनले पनि पाहुना नेतालाई होईन यस क्षेत्रको विकास गरिरहेका नेतालाई मत दिएर विजयी बनाउने बताए । उनले खानेपानी, सडकाकालागि सधै आफूहरुसँगै रहेर योजना ल्याईदिने नेतालाई भोट दिने बताए ।

‘कहिले रोल्पा कहिले दाङ आफ्नो स्वार्थकालागि ठाँउठाँउ चाहारिरहने नेता चाहीएको छैन हामीलाई’ उनले भने–‘हामीलाई हाम्रै दाङको त्यसमा पनि विकास गर्ने नेता चाहिएको छ ।’

यी त प्रतिनीधी पात्र मात्र हुन् अधिकांश लक्ष्मीपुरबासीको आवाज यही छ । उनीहरु अहिलेको निर्वाचनमा स्थानीय नेतालाई विजयी बनाएर अझै विकासको आधार बलियो बनाउने पक्षमा छन् ।

प्रतिनिधीसभातर्फ उमेद्वार राजु खनाल, प्रदेशसभातर्फका उमेद्वार कमलकिशोर घिमीरे सहितको उपस्थितिमा कार्यक्रम भएको थिया । सोमवार लक्ष्मीपुरको गोग्ली, भकारे र सुनपुरमा सभा एवं घरदैलो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*