Home / Feature Breaking news / सडक दुर्घटनाः सात महिनामा ७४ जनाको मृत्यु

सडक दुर्घटनाः सात महिनामा ७४ जनाको मृत्यु

दाङ,११ फागुन । दाङमा वितेको सात महिनामा सडक दुर्घटनामा ७४ जनाको मत्यु भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को वितेको सात महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना–ठुला गरि १ सय १७ सवारी दुर्घटनामा ७४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा मंसिर महिनामा सवैभन्दा धेरै २० वटा सवारी दुर्घटना भएका छन । त्यस्तै भदौ र कार्तिकमा १८÷१८, साउन, असोज र माघमा १७÷१७ र पुसमा १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार सवैभन्दा धेरै पुष महिनामा मात्र ३० जनाको मृत्यु भएको छ । त्यस्तै मंसिरमा १३ जना, माघ र कार्तिकमा ८÷८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय घोराहीका लालबहादुर देउवाले जानकारी दिए । उनका अनुसार भाद्र महिनामा ७ जना, साउनमा ५ जना र असोजमा ३ जनाको मृत्यु भएको छ । जसमा ५४ जना पुरुष, १३ जना महिला, ५ जना बालक र २ जना बालिका रहेका छन । प्रहरीका अनुसार दुर्घटनामा १ सय ४० गम्भीर तथा एक सय १० जना सामान्य घाइते भएको प्रहरीको तथ्याङक रहेको छ ।

एक सय १७ सवारी दुर्घटनामा एक सय ६२ सवारीसाधनहरु परेका छन । प्रहरीको तथ्याङक अनुसार सवैभन्दा बढि दुर्घटना हुनेमा मोटरसाईकलहरु रहेका छन । प्रहरीको तथ्याङक अनुसार गत साउनदेखि माघ मसान्तसम्म ७८ वटा मोटरसाईकल दुर्घटना जिल्लामा भएका छन । त्यस्तै बस २५ वटा, जिप तथा कार २० वटा, ट्याक्टर १७ वटा, ट्रक÷ ट्यांकर आठ वटा, टेम्पो ९ वट, टिप्पर २ वटा र अन्य ३ वटा दुर्घटनाहरु भएको प्रहरी देउवाले जानकारी दिए । उक्त दुर्घटनामा करिव १ करोड, ८१ लख ७४ हजार सय बढिको क्षति भएको हुन सक्ने ट्राफिक प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन । जसको मुख्य कारण ट्राफिक नियमको पालना नगर्ने, चालककको लापरवार्ही, साघँुरो सडकलगायतका कारणहरु रहेको ट्राफिक प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*