दाङ, ३ कार्तिक
गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा दैनिक आकर्षक झाँकी प्रस्तुत हुने गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ मा नेपालकै उत्कृष्ट नाट्य कलाकारहरुबाट दैनिक झाँकी, देबलिला एवं चेतनामूलक प्रस्तुतिहरु प्रस्तुत भईरहेको छ ।
राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा भागवतमा आधारित देबलिला, झाँकी, नाटक एवं हास्यव्यंग्य चेतनामूलक प्रस्तुती भईरहेको महायज्ञ आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो । नेपाल सरकारबाट नाट्य बिधामा पुरस्कार प्राप्त गरेका सरोज ढकाल, दिलिप भुर्तेल लगायतको प्रस्तुती रहेने गरेको छ ।
महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहनुभएको छ । महायज्ञमा हरेक दिन बेलुका पञ्चआरती हुदै आएको छ ।
महायज्ञमा शनिवार दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समितिका सह–संयोजक बिमला योगीले जानकारी दिनुभयो ।