Home / Feature Breaking news / गाई संरक्षण हाम्रो अभियान हो : भरतनाय योगी

गाई संरक्षण हाम्रो अभियान हो : भरतनाय योगी

गौरक्षाकालागी मिति २०८० असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन गरिएको छ । समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको हो । महायज्ञका संयोजक एवं आयोजक श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीसँग गरिएको कुराकानी ।

१) महायज्ञ सञ्चालन गर्नुभएको छ । के छ महायज्ञको चहलपहल
हामीले असोज २८ गतेदेखी महायज्ञको आयोजना गरेको हौँ । महायज्ञको लुम्बिनी सरकार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभएको हो । महायज्ञ एकदमै राम्रो भएको छ । भत्तजनहरु स्वईच्छाले आईरहनुभएको छ । हामीले महायज्ञमा आउनुस् भनेर आह्वान गरेका छौँ । उहाँहरु स्वईच्छाले आउनुभएको छ । भक्तजनहरुलाई हामीले कर गरेर बोलाएका छैनौँ । आफै आउनुभएको छ । दान गर्नुस् भनेर पनि कर गरेका छैनौँ आफै स्वईच्छाले सहयोग गर्नुभएको छ । राम्रै छ ।

२) यो महायज्ञ किन आयोजना गर्नुभयो ?
छोटो भाषामा भन्दा गाईको संरक्षण र व्यवस्थापनकालागी यो महायज्ञको आयोजना गरेका हौँ । मानिस आधुनिकतिर जान थाल्यो । गाई पाल्न छाड्यो । शहरमा बस्न थाल्यो । खेतबारी जोत्नकालागी टेक्टर प्रयोग हुन थाले । अनि मानिसले घरमा भएको गाईगोरु बजारतिर ल्याएरछोड्न थाले । अहिले पनि हेर्नुस् बजार क्षेत्रमा कतै न कतै गाईगोरु बाटोमा भेटिन्छन् । किनकी मानिसले बजारमा ल्याएर छोडिदिन्छ । अनि श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका १८ मा गौशाला सञ्चालन गरेको छ । जहाँ पाँच सयबढि गाईगोरु रहेका छन् । अनि ती गाईगोरु बस्नकालागी छानो छैन अर्थात गोठ छैन, खानकालाग िघाँस पराल छैन । अनि एउटा संस्थाले चर्लाइको गौशालामा पाँच सय बढि गाईगोरुहरु भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भयो । स्थानीय तहले पनि गाईगोरु त्यही ल्याएर छोडिदिनुहुन्छ । व्यक्तीहरुले पनि त्यही लिएर छाडिदिनुहुन्छ । तर त्यहाँ भएका गाईगोरुको व्यवस्थापन कसरी गर्ने चिन्ता कसैलाई छैन । त्यसैले हामीेले त्यो गैशालाको व्यवस्थापनकालागी यो महायज्ञको आयोजना गरेका हौँ । यस महायज्ञको अर्को उद्धेश्य भन्नुपर्दा खास त हरेक नेपालीले घरमा एउटा गाई पालौँ भन्ने हो यदि पाल्न सक्नुहुन्न भने सबै मिलेर एक÷एक गाईको खर्च ब्यहोरेर भएपनि गौशालामा रहेका गाईगोरुको रक्षा गरौँ भन्ने नै हो ।

३) गाईको महत्व कसरी बुढाउनुभएको छ त ?
हामीले भत्तहरुलाई सनातनी हिन्दुहरुले गाईलाई ईश्वरिय शक्ती माताको रुपमा पुज्दै आएको र हरेक धार्मीक कार्यमा गोदान, गौपपूजनबाट सुरुवात र समापन गर्ने चलन रहेकोमा हाल आएर घरघरमा गाई पाल्न नसकीने अवश्था सिर्जना भएको छ । गोवंश (गाई, गोरु, बाच्छाबाच्छी) विस्थापीत हुँदै गएको अवश्था छ । गाई हाम्रो आश्थाको विषय मात्र नभएर यो देशको राष्ट्रि«य जनावर हुनुका साथै गोधन नामले सुपरिचित आर्थिक व्यवस्थाको मेरुदण्ड पनि हो । आधुनिकरणका नाममा गोवंशलाई अपहेलना गर्दा कृषीजन्य उत्पादनमा ह्रास आएको र विभिन्न रसादी मलको प्रयोगले कोरोना जस्ता महामारी फैलने र अझ पनि अरु डरलाग्दा स्वास्थ्य समस्यामा भोग्नुपर्ने संकेत देखिन्छ । वातावरणको शुद्धता, भोजनको शुद्धताकोलागी रोग, वन बृक्ष र गाईको अति महत्वपूर्ण स्थान छ भन्ने कुरा आजका आधुनिक स्वास्थ्य विज्ञहरुले पनि भन्ने गरेका छन् । दुध, दही, नौनी, घ्यू, गोमुत्र, गोबरको प्रयोगले जटिल रोगको औषधी उपचार हुदै आएको छ भने हिन्दु कर्मकाण्डीय दृष्टिकोणले हेर्दा गाईबाट नै घर पवित्र हुने र स्वर्ग अपवर्गको प्राप्ती पनि गाईद्धारा नै हुने भएकाले त्यही गाईको संरक्षणकालागी यो गोवंश संरक्षण महायज्ञको आयोजना गरिएको हो । त्यसैले हामीले विभिन्न प्रवचनबाट, झाँकी, लिलाबाट उपस्थित भक्तजनहरुलाई गाईको महत्व बुझाईरहेका छौँ ।
४) महायज्ञमा भक्तजनहरुको उपस्थिति र दानको अवश्था के छ ?
मैले अगाडी पनि भने हामीले भक्तजनहरुलाई आउनुस् भनेर जबरजस्त गरेका छैनौँ । आफै आउनुहुन्छ । दिउसो भन्दा बेलुकाको आरतीमा अलि धेरै भत्तहरु आउनुभएको हुन्छ । हामीले हाम्रो उद्धेश्य स्पष्ट पाछाँैँ तर दान गर्नुस् भनेर कर गर्दैैनौँ । उहाँहरुले आँफै उद्धेश्य बुझेर सक्दो दान गर्नुहुन्छ । दान गर्ने दाताहरुलाई सम्मान गरेर पठाउछौँ । हामीले दान संकलन गर्ने भन्दा पनि यो एउटा सामुहिक अभियान हो । हामीले हाम्रो अभियानको बारेमा बुझाउछौँ । भत्तहरु बुझेर जानुहुन्छ ।
५) महायज्ञमा के के भईरहेको छ ?
महायज्ञ एकदमै सफल रुपमा सञ्चान भईरहेको छ । हामीेल गाई संरक्षणमा लागेका गोठालाहरुलाई दैनिक सम्मान गरिरहेका छौँ । गौमाता रक्षार्थ अभियानमा सहभागी बनौँ, आफ्नो धर्म संस्कृतिको संरक्षण गरौँ उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा अन्तराष्ट्रि« स्वर्ण पदकद्धारा विभुषित प.अमृतशरण देवाचार्य ज्यूबाट कथा वाचन भईरहेको छ भने झाँकी, देबलिला, हरेक दिन बेलुका पञ्चआरती भईरहेको छ ।
६) अन्त्यमा के भन्नु हुन्छ ?
अन्त्यमा म सम्पूर्ण दंगाली भक्तजनहरुमा महायज्ञमा उपस्थित हुनकालागी आग्रह गर्दछु । सम्पूर्ण नेपालीहरुले राष्ट्रि« जनाबरको महत्व अनि हरेक हिन्दुहरुले धार्मीक जनावर गाईको महत्व बुझ्न आवश्यक भएकाले यो अभियानमा सहभागी हुन सम्पूर्ण अनुरोध गर्दछु । दान गर्नुपर्छ भन्ने छैन महायज्ञमा उपस्थित भएर सहयोग गरिदिनुहुन हनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*