Home / Feature Breaking news / इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म १० हजार ४१९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याएका छन् । सुहाङ  ३ हजार ३५७ मतले अगाडि छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४५१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म २५ हजार ७१२ मतगणना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*