Home / Feature Breaking news / बालप्रतिभा एकेडेमीको १६ औँ बार्षिक उत्सव सम्पन्न

बालप्रतिभा एकेडेमीको १६ औँ बार्षिक उत्सव सम्पन्न

नारायणपुर, १७ वैशाख

बालप्रतिभा एकेडेमी घोराही उपमहानगरपालिका १० ले १६ औँ बार्षिक उत्सव सोमवार सम्पन्न गरेको छ । एकेडेमीले आफ्नो बार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर केसीको अध्यक्षता एवं प्याब्सन दाङका सचिव आदिम केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति केसीले विश्व बजारलाई नेतृत्व गर्न सक्ने जनशक्ती उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । व्यवहारिक, सीपमूलक एवं सस्कार सहितको नैतिक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उहाँले शैक्षिक गुणस्तरमा सम्पूर्ण विद्यालयहरुले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विद्यालयका प्रिन्सीपल सीता गौतमले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमीकतामा राखेर काम गरिरहेको बतउउनुभयो । उहाँले विद्यालयका पूर्वाधार, विद्यार्थीहरुको खाजा, प्रयोगशाला व्यवस्थापन, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा गम्भिरताकासाथ लागिरहेको बताउदै आगामी दिनमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले साथै जेहेन्दार तथा अति विपन्न परिवारहरुकालागी विद्यालयमा अक्षयकोष स्थापना गरेर शिक्षामा सहयोग गर्ने योजना रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, विद्यालयका कार्यकारी निर्देशक हरि पौडेल, विद्यालयका सञ्चालक गुरुप्रसाद डाँगी, सयपत्री टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर खड्का, अभिभावक शिशिर लम्साल लगाउतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस अवसरमा विभिन्न विधामा बार्षिक उत्कृष्ट विद्यार्थीहरु, अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण शिक्षकहरु दिव्या वली र समीक्षा डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*