Home / Feature Breaking news / लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छः अध्यक्ष राणा

लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छः अध्यक्ष राणा

शरद रेग्मी
दाङ, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकी छिन् । रिपोटर्श क्लव दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संम्पुर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न
व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने पनि उनले बताइन् ।
‘दुर्इतिहाइको शक्तिशाली सरकार बनेको छ, अव समृद्धिको आन्दोलनमा ढुक्कसंँग लाग्नुस,अलमलिने अवस्था छैन’,अध्यक्ष राणाले भनिन् । संघियताको मर्मलार्इ
ध्यान दिने हो भने पांँच नंवर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् । ‘पांच नंवर प्रदेशमा पिछडिएको बर्दिया छ, पुर्वी रुकुम छ, बर्दिया बांँके र रुकुमलार्इ पनि विकासको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभुति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्, त्यसकालागी दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक, पर्यटकिय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो ।’

bhanwani2
साथै कैलाशधाम र स्वर्गद्धारीधामलार्इ जोड्न दाङ जोडिएको नयांँ रुट बनाउने सवालमा पनि उद्योग वाणिज्य संघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरिी । रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राणाले पर्यटकिय पुर्वाधारकालागी उद्योग वाणिज्य महासंघकै समन्वयमा
स्वर्गद्धारी केवलकारको संभाव्यता अध्ययन समेत भैसकेको उनले बताइन् ।

दुर्इतिहाइ बहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमा परेको बताउंदै उद्योग वाणिज्य महासंघले सरकारलाइ आर्थिक समृद्धिको खाका पनि बुझाइसकिएको दावी गरीन् । उद्योग व्यापार नितिमा धेरै नितिगत जटिलताहरु रहेको भन्दै अध्यक्ष राणाले त्यस्ता त्रुटिहरुको समाधान गर्न आवश्यक निति ल्याउन सरकारलाइ सुझाव दिइएको पनि बताइन् । साथै आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरीरहेको अवस्थामा एकिकृत कर प्रणालिको अवधारणा पनि वर्तमान सरकारका अर्थमन्त्रीलाइ महासंघले बुझाइसकेको पनि उनको दावी थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*