Home / समाचार / व्यापार, व्यवसायमा आकर्षण

व्यापार, व्यवसायमा आकर्षण

दाङ, २० भदौ । जिल्लामा पछिल्लो समयमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण बढेको हो ।

परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने भएपछि व्यापार व्यवसायीमा आकर्षण बढदै गएको बताएको छ । ‘ कृषिका लागि कसैले पनि लगानि गदैन् भएका खेत वारीहरु बाझैछन् तर व्यापारमा भने लगानि लगाउने भएपछि व्यावसायिमा आकर्षण बढेको छ – स्थानीय व्यवसायी कृष्णबहादुर खड्काले भने ।
राज्यले कृषि क्षेत्रमा खासै सहयोग नगर्ने र परम्परागत कृषि प्रणालीबाट जीवनयापन गर्न धौधौ भएपछि आफू व्यापारमा लागेको तुलसीपुर –२ का प्रेम गिरीले बताए । परम्परागत कृषि भन्दा व्यापारमा थोरै भएपनि जिवन धान सकीने भएपछि आफु व्यापारमा लागेको उनको भनाई छ ।

तुलसीपुर बजारमा व्यापार गदै आएका सुवाष डाँगीले ठुलो लागानि लगायर विदेश श्रम पसिना बगाउनुभन्दा स्वदेशमै बसेर थोरै नाफा भएपनि आफु व्यापारमा लागेको बताए । ‘ कृषि क्षेत्रमा परिश्रम गरेअनुसार उत्पादन हुदैन् बजारको समस्या त्यतिकै छ , विदेशमा पनि राम्रो हुन्छ भन्ने छैन् त्यसैले सानो तिनो भएपनि व्यापारमा लगानि लगाएको छु उनले भने ।

सानो व्यवसाय गर्न थोरै पुँजी भए पनि हुने र घर व्यवहार चलाउन आम्दानी पनि ठिकै हुने र लगानीसमेत सुरक्षित हुने भएकाले आफू व्यापारमा लागेको अर्का व्यवसायी तुलसीपुर निवासी रेशमबहादुर खड्काले बताए ।

जिल्लामा धेरै व्यक्तिहरु बैदेशीक रोजगारी छोडेर सानो भएपनि व्यापारमा लागेका छन् । धेरै जसो व्यक्तिहरुले आफनै लगानीमा सानो भएपनि व्यापार व्यवसायी गर्ने गरेका छन् । चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र ३ सय भन्दा बढी व्यापारी फार्म तथा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । गत आर्थिक वर्षमा वाणिज्यतर्फका व्यापारिक फार्म ९ सय १४ तथा साना उद्योग एक हजार दुई दर्ता भएको सो कार्यालयले जनाएको छ ।

व्यापार र उद्योगमा लगानी गरे मुनाफा सहजै हुने र बैंकिङ लगानी पनि सहजै हुने भएकाले नागरिकको आकर्षण यसतर्फ बढेको हुनसक्ने जानकारहरु बताउछन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर ओलीले हाल जिल्लामा किराना, फेन्सी तथा कपडा पसल, गल्ला खरिद बिक्री, होटेल, रेष्टुराँ, गेष्टहाउस, छड तथा सिमेन्ट पसललगायतका गरी व्यक्तिगत सात हजार ६ सय ६३ र साझेदारीमा ६३ गरी कुल सात हजार ७ सय २६ दर्ता रहेको जानकारी दिए ।

उद्योगतर्फ डेढ महिनामा थपिएका ६५ सहित कुल पाँच हजार ८ सय १० उद्योग दर्ता रहेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*