बाेधराज रेग्मी
चाह हरु उम्लिएर पोखिन थाले पछि
चुल्बुले मन बिबशताले रोकिन थाले पछि
कहां जाऊ र के गरूँ बशमा छैन यो मन
जिवन मरण तराजु मा जोखिन थाले पछि
साह्रै गाह्रो हुदों रैछ पीडा ले मन रूदों रैछ
पानी माथी ओभानो भै चोखिन थाले पछि
परिस्थिति संगै तब मनस्थिति बदलियो
पराई हरु आफ्नो संम्झी बोकिन थाले पछि
समुद्र का छालसरी तरंगित अन्तरंग
अचानक झोक्किन र ठोक्किन थाले पछि
RaptiSandesh RaptiSandesh