Home / Feature Breaking news / ‘साहित्य परिवर्तनको माध्यम’

‘साहित्य परिवर्तनको माध्यम’

लेखक संघको १४औं अधिवेशन

 दाङ,८ फागुन । लेखक संघ दाङको स्थापना दिवसका अवसरमा पूर्वमन्त्रीदेखि साहित्यिक क्षेत्रमा अघि बढ्दै गरेका नवप्रतिभाहरू एउटै मञ्चमा सम्मानित तथा पुरस्कृत भएका छन् । संघको २७औँ साधारणसभा तथा १४औँ अधिवेशनका अवसरमा शनिवार घोराहीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका बरिष्ठ साहित्यकार बलदेव मजगैयाँ, अधिवक्ता एकराज भण्डारी, लोकदोहोरी गायिका टीका सानुदेखि पछिल्लो समयमा साहित्य लेखनमा सक्रिय श्रवण नेपालीसँगै बाल साहित्यकारका रूपमा स्मृति परियार र शीतल घर्तीलगायत २७ स्रष्टाहरू पुरस्कृत एवं सम्मानित भएका हुन् ।

कार्यक्रममा नेपाली साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँलाई सम्मान गरिएको थियोे । यसैगरी कार्यक्रममा तोयाराम–इश्वरादेवी साहित्य पुरस्कारबाट अधिवक्ता समेत रहेका एकराज भण्डारी, नित्यान्नद प्रतिभा साहित्य पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा साहित्यकार सुदीप गौतम, बमशंकर साहित्य पुरस्कारबाट डा.दधिराम अधिकारी, नन्दप्रज्ञा साहित्य पुरस्कार तुलसीराम बस्याल, हरिकला नन्द साहित्य पुरस्कार बिना रोका, दुर्गा–चित्रा प्रज्ञा साहित्य पुरस्कार बलदेव रजौरे, मञ्जु राण स्मृति साहित्य पुरस्कार पिताम्बर रिजाललाई, टीकाप्रसाद नारायणी स्मृति साहित्य पुरस्कार देवेन्द्रकुमार रिजाल, कपिलमुनि शिवाकोटी विद्या साधना साहित्य पुरस्कार दामोदर पौडेल, शारदा लोहनी स्मृति साहित्य पुरस्कार रुद्रप्रसाद शर्मालाई प्रदान गरिएको थियो ।

यसैगरी फर्साराम–धनकुमारी साहित्य पुरस्कारबाट नेपाल पत्रकार महासंघका दाङ अध्यक्ष दुर्गालाल केसी, मेघराज–लक्ष्मीदेवी प्रज्ञा पुरस्कार डा प्रेम योगी, अशोक सुभद्रा काव्य पुरस्कार बासुदेव पाण्डेयलाई, धनवाला साहित्य संगीत पुरस्कार लक्ष्मीमान चौधरीलाई, कृष्णमणि इन्दिरा आचार्य साहित्य पुरस्कार भीमप्रसाद न्यौपाने, प्रवीण–प्रज्ञा साहित्य पुरस्कारबाट टीका सानु, लक्ष्मण–कला साहित्य पुरस्कार मञ्जु भण्डारी, दामोदर–अम्बिका बाल स्मृति पुरस्कार स्मति परियार र शीतल घर्तीलाई, पूर्णचन्द्र–नारायणी स्मृति साहित्य पुरस्कार अनिल कोइराला, उमानाथ प्रेमकुमारी स्मृति साहित्य पुरस्कार दिलकुमारी बुढालाई प्रदान गरिएको थियो ।

यसैगरेर बामदेव–खिमकुमारी स्मृति साहित्य पुरस्कार अभेष मल्ल, भरतमणि–शारदादेवी साहित्य पुरस्कार हेमबहादुर वली, चक्रमाया स्मृति साहित्य पुरस्कार श्रवण नेपाली, इन्द्रदेवका स्मृति प्रज्ञा पुरस्कार ओम पन्छी, जमुना गिरी–गोमा गिरी साहित्य पुरस्कारबाट कमला रिजाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएकाले साहित्यलाई सामाजिक रूपान्तरणमा लगाउनुपर्ने बताएका थिए । उनीहरूले समाजका विकृति, विसंगतिसँगै राजनीतिले विभाजित मनलाई जोड्ने गरी कलम चलाउन साहित्यकारहरूलाई आग्रह गरेका थिए । उनीहरूले समाज परिवर्तनमा सशक्त भूमिका खेल्ने भए पनि राज्यले साहित्यको विकासका लागि चासो नदिएको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा अधिवक्ता एकराज भण्डारीले साहित्य जीवन भएको भन्दै जीवनलाई सार्थक बनाउन भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताए । पछिल्लो समय मौलिक कला, संस्कृति तथा साहित्य हराउन थालेको भन्दै उनले मौलिक कला साहित्यसँगै राजनीतिलाई सही दिशा दिने गरी साहित्यकारलाई कलम चलाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा परिषद्का पूर्व सदस्य साहित्यकार उत्तमकृष्ण मजगैयाँले इमानदार भएर देशका लागि फुटेको मनलाई जोड्ने गरी कलम चलाउनुपर्ने बताए । राजनीतिले फुटेको मनलाई साहित्यका माध्यमबाट जोड्दै नेपाली भाषा, साहित्यको विकासका लागि कमल चलाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा लेखक संघ दाङका पूर्व अध्यक्ष शंकर पौडेल, राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, पुरस्कृत व्यक्तित्वहरू रुद्र शर्मा, डा दधिराम अधिकारी, ओम पन्क्षी, बासुदेव पाण्डे, कविता उपाध्याय, पुरस्कर संस्थापकको तर्फबाट देवेन्द्र धिताल, पुरस्कार सस्थापनाकर्ता प्रदीप गौतम, प्राध्यापक प्रेमकुमार आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा तथा प्राध्यापक डा विनबहादुरसिंह वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण साहित्यकार डा कृष्णराज डिसीले गरेका थिए । कार्यक्रमका सहभागीलाई साहित्यकार हिमलाल पन्थीले स्वागत गरेका थिए ।

संघका अध्यक्षमा पुन : न्यौपाने

यसैबीच लेखक संघ दाङको अध्यक्षमा खगराज न्यौपाने चयन भएका छन् । संघको शनिवार भएको २७औँ साधारणसभा तथा १४औँ अधिबेशनबाट न्यौपाने चौथो पटक संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सरिता देवकोटा, सहसचिवमा संगीता उपाध्याय, कोषाध्यक्षमा सन्ध्या रेग्मी रहेका छन् ।

यसैगरी सदस्यहरूमा डा.हिमलाल पन्थी, हरिप्रसाद पाण्डेय, भूपेन्द्र सुवेदी, नारदप्रसाद भण्डारी, गोपालप्रसाद भुसाल, कमला रिजाल रहेका छन् । संघको सल्लाहकारमा बलदेव शर्मा मजगैयाँ, उत्तमकृष्ण मजगैयाँ, शंकर पौडेल, प्रा.डा.शिवप्रसाद सुवेदी, विनोद पोख्रेल र सुशील गौतम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*