Home / Feature Breaking news / प्रेम, विश्वास र जिम्मेवारीबोध

प्रेम, विश्वास र जिम्मेवारीबोध

विनोद पोख्रेल
२०७७ भदौ ४ गते
अहिले मनमा सायद कविरको हो एउटा दोहाको सम्झना आइरहेको छ । ‘पोथी पद पद पद जग मुआ पण्डित भया नकोई÷ढाई अक्षर प्रेमका पढे सो पण्डित होय’ । यो पढेको पनि हो । धेरै पटक सुनेको पनि हो । मैले पनि मनमा वा बोलेरै पनि धेरै पटक दोहो¥याएको हो । तर सायद यति गम्भीर रुपमा मेले आज मात्रै लिएको छुँ जस्तो लागेको छ ।
जहाँ प्रेम छैन त्यहाँ विश्वास छैन अथवा प्रेम र विश्वास एकअर्काका परिपुरक हुन् ।विश्वास गर्ने तर प्रेम नगर्ने स्थिति कतै अपवादमा भेटिन सक्छ तर प्रेम गर्ने अलि विश्वास नगर्ने त हुँदैन जस्तो लाग्छ । यिनै दुई भावनाले संसार चलेको छ । सामान्य सम्बन्धदेखि पनि पत्नी÷बाबुआमा, छोराछोरी कुनै पनि सम्बन्धको आधार यिनै हुन् । यिनी नभए सम्बन्धहरु सामान्य औपचारिकतामा मात्र रहन्छन् । यदि प्रेम बढ्यो भने टाढाको सम्बन्ध पनि नजिकको र आत्मीय जस्तो लाग्छ । यो नजिकको मान्ने भावना पारिवारिक सम्बन्धमा मात्र छैन ।
कुनै पनि प्रकारका संगठनको सक्रियता र सवलीकरणदेखि अघोषित रुपमा रहेको समुदाय वा समाजको सम्बन्ध पनि यसैमा आधारित छ । प्रेम र विश्वास नहुने हो भने जीवन सायद रहँदैन । कमसेकम अहिले म यहीँ सोचाइमा छु । तर यिनी कुरामा बाधा पु¥याउने मस्तै धेरै कुराहरु छन् । मानिसको स्वाभिमान, अहं, जीवनस्तर, जीवनशैली, स्वार्थ, भाषा, धर्म, क्षेत्र, जाति कहिलेकाहीँ त लिङ्ग समेत यस्तै धेरै कुराहरु छन् । जसले प्रेम र विश्वासमा बाधा पु¥याउने प्रयास गर्छन् । यो स्थितिलाई सुनको सुद्धता जाँच्न कसीमा घोटेजस्तै कसी लगाएको हो भन्ने तर्क पनि राख्न सकिन्छ । यिनी बाधक मात्रै हुन् भन्न पनि सकिँदैन । यिनी समय र समाजका स्वाभाविक पक्ष हसन् ।
प्रेम र विश्वास यिनलार्य पन्छाएर अगाडि बढेको स्थितिमा मात्र सम्भव हुन्छन् । बाधा त सबै कुरामा हुन्छ । तिनलाई जित्न वा तिनको समाधान गर्न सक्नु नै त प्रेम र विश्वासको कसी लगाउनु हो । फेरि प्रेम यस्तो भावना हो जसलाई जति सीमित रुपमा व्याख्या गरे पनि हुन्छ र जति वृहत रुपमा व्याख्या गरे पनि हुन्छ । यसरी अरु कुनै शब्दलाई सीमित वा वृहत रुपमा व्याख्या गर्न सम्भव छैन कि । प्रेममा जित्नै पर्छ भन्ने ेपनि छैन । धेरै पल्ट त यो हार्नमै या समर्पणमै बढी सफल र बढी प्रभावकारी देखिन्छ । जित सायद अभिमानको उपज वा परिणाम हो तर प्रेम त्यही अभिमानमाथिको जित हो । यस कारण जीवनको राम्रो स्वरुप वा राम्रो पक्षका लागि प्रेम जस्तो अर्को कुनै आधार छैन । प्रेमले विश्वास पनि जगाउँछ ।
सफल जीवनका लागि यी दुवै गुणहरु सबैभन्दा बढी आवश्यक छन् । कतिपल्ट त यिनै गुणले जितलाई आफै हारेर जीवनसँग मिसिन वाध्य पार्छन् । देख्दा सामन्य नै लाग्छ । प्रेमलाई बुझेर प्रेम गरेर र प्रेमको आपसी विश्वास बढाउँछ । हाम्रो जीवनमा पनि कुनै न कुनै रुपमा यी गुणहरु छन् । भएका गुणलाई बुझ र सकेसम्म धेरै प्रयोग गर । यसको लागि न बल प्रयोग गर्नुपर्छ र आर्थिक भार बेहोर्नुपर्छ । आफ्नो केही खर्च हुँदैन । तर पनि हामी सुख र सन्तुष्टिको लागि सधौ अत्तालिएका छौँ । रोएका छौँ । हामीले आफूमा भएको गुण र क्षमताको प्रयोग गर्न सक्ने हो भने मात्रै यस्तो तनावबाट मुक्ति पाउन सक्छौँ ।
औषधी भनौँ वा निदान आफैसँग हुँदाहुँदै पनि हामी सधौ तनावमा बाँच्न वाध्य छौँ । यो हाम्रो अज्ञानता हो । यही हाम्रो कमजोरी हो । आजको भावनाको वहाव यस्तो रह्यो । यो भावना मनमा आउँदा मात्रै पनि मैले आफूलाई केही मात्रामा भए पनि खुसी महसुस गरेको थिए । लेखाइमा समेत यही व्यक्त गर्न वाध्य भएको थिएँ । यो अभिव्यक्ति पछि पनि केही बेरसम्म यसको प्रभाव रहन्छ जस्तो लागेको छ । म सांसारिक कमजोरबाट मुक्त हुन सक्छु कि सक्दैन त्यो त अलग विषय हो तर यो कल्पनाले वा यो सोचले अहिलेलाई म सन्तुष्ट हुन सकेको छु ।
२०७७ भदौ ५ गते
मान्छे परिस्थितिले कतिसम्म च्यापिन वाध्य हुने रहेछ भन्ने एउटा उदाहरण आजको दिनले पनि बुझाएको छ । आज तिज हो । हिन्दू महिलाहरुको असाध्यै रमाइलो चाड । महिलाको खुसीले पूरै परिवार नै खुसी हुने दिछ । आज बिहानैदेखि मन्दिरमा भीडभाड हुने गथ्र्यो । हामी समेत केही व्यस्त हुनुपर्ने । त्यही व्यस्तताभित्रै रमाइलो भेटिने । मन्दिरमा पिङ बाँध्न लगाइन्थ्यो । यो क्रम दिनैभरि चल्थ्यो अनि साँझ सामूहिक रुपमा पूजा गर्ने, पूजा हेर्ने तर यसपल्ट त भीडभाड नगर्ने भनेपछि डाँडाहरु पनि सुनसान छन् ।
मन्दिरहरु पनि सुना छन् । सामूहिक रुपमा गरिने पूजामा पनि सकेसम्म थोरै मानिस जुटेर पूजा गर्नुपर्ने स्थिति छ । पण्डितहरु समेत नआइदिने हुन् कि भन्ने चिन्ता छ । मैले जति बुझेको छु त्यसको आधारमा भन्ने हो भने कुनै पनि महिलाको मनोविज्ञान स्वाभाविक छैन । ज्यानको बाजी लगाएर विद्रोह गर्ने हिम्मत पनि कसैले गर्ने कुरो भएन । ज्यान रहे अरु हुन्छ । यो सत्य हो । त्यसैले सबै कुरा काम चलाउ वा परम्परा धान्न अथवा संस्कृति जोगाएर राख्न मात्र गरिएको जस्तो छ । रमाइलो छैन ।
हाम्रा यस्ता सामूहिक रुपमा मनाइने पर्वहरुमा एउटा विशेष्ता हुन्छ । त्यो सामाजिक सम्बन्धमा वृद्धि गर्ने क्षमता । टाढा भएका चेलीबेटीहरु एकै थलोमा जुट्ने निहुँ, जसले आत्मीयता बढाउने काम गर्छ । यो महत्वपूर्ण सामाजिक पक्ष हो । तर यसपल्ट यस्तो हुन सकेन । यो महामारी पनि कतै हाम्रो संस्कृतिको विरोध गर्न वा हाम्रो संस्कृतिमाथि प्रहार गर्न आएको वा ल्याइएको त होइन ? मनमा यस्तो सोच पनि आउँछ तर अलि व्यावहारिक र अलि उदार भएर सोच्नुपर्छ भन्ने पनि थाहा छ । संक्रामक रोगहरुबाट बच्ने एउटा बलियो उपाय कम सम्पर्कमा आउनु पनि हो । त्यसै कारणले यस्तो स्थितिलाई स्वीकार गर्नु प¥यो । जीवनको सुरक्षामा ध्यान दिनैप¥यो । राम्रो भए तिज अर्को वर्ष पनि आउँछ । त्यसमा सबै रमाउँला ।
रमाएको हौँला । समय र परिस्तिि अनुकूल बन्नु जीवनको वाध्यता हो । यिनको अनुकूल बन्न नसक्नेहरुको जीवन या त रहँदैन या त अतिकष्टमय हुन्छ । त्यस्तो अपेक्षा कसैले गर्दैन । गर्नु पनि हुँदैन । यहाँ कसैले कसैलाई सम्झाउने बुझाउने स्थिति छैन । आफै बुझ्ने हो । जे जति छ त्यसमै रमाउने हो । यी कुराहरुभन्दा महत्वपूर्ण कुरो मानव जीवनलाई नियन्त्रण गर्ने कति धेरै कारणहरु र कति धेरै शक्तिहरु प्रकृतिमा रहेछन् भनेर बुझ्ने हो । मानिस न अरुभन्दा बलियो छ न प्रकृतिभन्दा बुद्धिमान छ न प्रकृतिभन्दा सफल छ । सबैका आ–आफ्ना गुणहरु छन् । अझ मान्छेले जति बिगार्न सकेको छ त्यति बनाउन सकेको छैन ।
त्यसैले उसले आफैलाई बिगारेको परिस्थितिको चोट बेला–बेलामा खानु परिरहेको छ । बाढी, पहिरो, महामारी, अनावृष्टिजस्ता धेरै समस्या वृद्धिमा मानिसको महत्वपूर्ण भूमिका छ । स्वच्छ प्राकृतिक वातावरण, भकारीभरि धान अथवा अन्न भनौँ, बारीभरि तरकारी भए हामी वर्षौं आफूमा सीमित भएर बस्न सक्थ्यौँ । यस्ता महामारीसँग लड्न सक्थ्यौँ ।
तर यहाँ खेती गर्नुभन्दा विदेशमा भाँडा माझ्नु या भेडा चराउनु ठिक भन्ने मनोवृत्ति, पैसा भए सबै हुन्छ भन्ने एकांकी सोच, आफ्ना बाबुआमादेखि आफ्नो देश, आफ्नो समाजप्रति समेत जिम्मेवार हुन नसक्ने चरित्र, टेबुलमै बसेर सबै पु¥याउने महत्वाकांक्षा यस्तै धेरै कुराहरुले हामीले न त पुराना पद्धति धान्न सक्यो न त नयाँ केही राम्रो गर्न सक्यौँ ।
भएको मास्ने, राम्रो गराउन नसक्नेले सधैँ दुःख पाउँछ । आज हामीले भोगेको त्यही हो । यो परिेशले धेरै कुरा सिकाएको छ । सिक्नसक्नेहरुको लाग । अरु केही नसिके पनि जिम्मेवारीबोध र वहन गर्नैपर्छ भन्ने मात्र सिके पनि धेरै हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*