Home / समाचार / घोराही खानेपानी सस्थाको अध्यक्ष हुँदा के ­के गरे देवीबहादुर डिसीले

घोराही खानेपानी सस्थाको अध्यक्ष हुँदा के ­के गरे देवीबहादुर डिसीले

घोराही, २४ माघ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था घोराहीको नयाँ नेतृत्वकालागी प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा रहेको छ । देवीबहादुर डिसीको नेतृत्वमा प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छ ।

पानी खुवाउने हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको प्रजातान्त्रिक प्यानलले देविबहादुर डिसी अध्यक्ष हुँदा गरेका महत्वपूर्ण कामदेखी आगामी दिनमा गर्ने भावी योजनाकासाथ खानेपानीका उपभोक्ता आफ्ना मतदाताहरुलाई भेट्न घरदैलोमा रहेका छन् ।

जस अनुसार देविबहादुर डिसी अध्यक्ष हुदाँको कार्यसमितिले कार्यालय व्यवस्थापन, सफ्टवेयर निर्माणको व्यवस्थापन गरेको, गुलरियामा नयाँ योजना सम्पन्न भएको, पुरानो योजनाको नगर विकास कोषको साँवा ब्याज रकम चुक्ता गरेको, पानी स्रोत वृद्धिमा गुलरियामा ३ वटा, आनन्दनगर टोलमा २ वटा र लालीगुँरास टोलमा १ वटा गरि जम्मा ६ वटा बोरिङ निर्माण कार्य सम्पन्न गरिएको छ ।

यस्तै गुलरिया, नवबिहान, ढोडेनी, माथिल्लो भरतपुर, फुर्सेखाली, संस्कार, प्रगतिनगर, शान्तिनगर, झिँगौरा, समावेशी, जनविहानी, जनकल्याण, भृकुटिनगर, तारापुञ्ज, जिवीस रोड, सरस्वति, काठेकोहल, मित्रनगर, विष्णु, जनप्रतिभा, दिपज्योति, मसिना, डि.के पेट्रोलपम्प, गोर्खा, आनन्द, रझेना, चमेली, यच्च टोल, ईन्द्रेणी, सिद्धरत्न मुक्तीनाथ टोलहरु गरि ३३ दशमलव ९७८ मिटर पाईप लाईन विस्तार गरिएको छ । भने पानी वितरणमा थप व्यवस्थापन एवं गुणस्तरियताकालागि धरचौरमा २५ घनमिटरको आर.वि.टी ट्यांकी र फुर्सेखालीमा १०० घनमिटरको आर.वि.टी ट्यांकी निर्माण गरिएको उपभोक्तालाई अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

यस्तै आगामी दिनमा गर्ने कार्यको प्रतिवद्धतामा उपभोक्ताहरुलाई सहज र सहर रुपमा २४ सैँ घण्टा कसरी पानी खुवाउने भन्ने विषयलाई उल्लेख गरिएको छ ।

जसमा स्रोत वृद्धिकालागी मुहान् संरक्षणको काम गर्ने। क्टुवाखोलामा हाईड्याम निर्माण गर्ने र समवेल निर्माण गरि प्रति सेकेन्ड ३० लिटर पानी ल्याई वितरण गर्ने, बबई लिफ्टीङ योजना सम्पन्न गरि उपभोत्ताहरुलाई चौविसैँ घण्टा पानी वितरण गर्न घटीमा प्रति सेकेण्ड ५० लिटर पानी ल्याउनेगरि २ वर्षभित्रमा योजना सम्पन्न गरि पानी विरतण गर्ने, ईसेवामार्फत कार्यालयको क्षमता वृद्धि गर्ने, संस्थाको कमाण्ड एरियाभित्र पर्ने फोरलेन सडकको दाँयाबाँया पाईपलाईन विस्तार गर्ने रहेका छन् ।

यस्तै टोल फ्रि नम्बरबाट उपभोक्ताहरुलाई थप सेवा प्रदान गर्ने, एक धारा एक वृक्षारोपण गर्ने कार्यको सुरुवात गर्ने, मुहान् संरक्षण र सरसफाईको योजनालाई प्राथमिकता दिने, सरोकारवालाहरुसँग सुमधुर सम्वन्ध बनाई समन्वयका साथ कार्य गर्ने र संस्था तथा उपभोक्ताहरुको वृहत्तर हितकोलागि व्यवसयिक कार्ययोजना तयार गरि थप कार्यक्रमहरु सञ्चालन गर्ने आदि रहेका छन् ।

प्रजातान्त्रिक प्यानलको अध्यक्षमा देविबहादुर डिसी, उपाध्यक्षमा भरतमणी पाण्डे, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा धुव्र केसी, सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरुमा यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी रहनुभएको छ ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागि यही माघ २६ गते शनिवार घोराही उपमहानगरपालिकाको प्रांगणमा मतदान हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*