Home / Feature Breaking news / घोराही खानेपानीमा चुनावी चहलपहलः उपभोक्ताको घर­घरमा प्रजातान्त्रिक प्यानल

घोराही खानेपानीमा चुनावी चहलपहलः उपभोक्ताको घर­घरमा प्रजातान्त्रिक प्यानल

घोराही, २४ माघ

घोराही क्षेत्रमा खानेपानीको आपूर्ति र व्यवस्थापन गर्दै आएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्वकालागी चुनावी चलपहल बढेको छ ।

संस्थाको नयाँ नेतृत्वकालागि यही माघ २६ गते शनिवार घोराहीमा निर्वाचन हुदैछ । निर्वाचनकालागी दुई प्यानल चुनावी मैदानमा रहेका छन् । प्रजातन्त्रीक प्यानल र प्रगतिशील प्यानल ।

प्रजातान्त्रीक प्यानल देवीबहादुर डिसीको नेतृत्वमा चुनावी मैदानमा रहेको छ भने प्रगतिशिल प्यानल गणेशप्रसाद श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा रहेको छ । दुबै प्यानलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् ।

प्रजातान्त्रीक प्यानलले विहीवार उपभोक्ताहरुलाई भेट्दै मत मागेका छन् । उपभोक्ताहरुको घरमै पुगेर उनीहरुले उपभोक्ताहरुलाई खानेपानीको क्षेत्रमा आफूहरुले गर्ने कामको बारेमा जानकारी गराउदै मत मागेका छन् ।

उनीहरुले विहीवार घोराही उपमहानगरपालिका वडा नम्बर १४ को नयाँ बजार क्षेत्र र वडा नम्बर १५ को रतनपुर क्षेत्र र वडा नम्बर १८ को फुर्सेखाली क्षेत्रमा मतदाताहरुकहाँ पुगेर मत मागेका थिए ।

51472341_286562568663165_2482181859442688_n

खानेपानीको क्षेत्रमा आफूहरुले गर्ने कामको बारेमा जानकारी गरादै प्रजातान्त्रीक प्यानलका उमेद्वारहरुले उपभोक्ताहरुसँग घरदैलो गरेका थिए । घरदैलोका क्रममा खानेपानी मानिसको जिवनको अत्यावश्यक भएकाले यसको व्यवस्थापनकालागी काम गर्न अनुरोध गर्दै काम गर्न सक्ने टीम रहेको प्रजातान्त्रिक प्यानललाई मत दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘पानीको मुहान संरक्षण र स्रोत वृद्धि आजको आवश्यकता, उपभोक्ताहरुलाई चौबिसै घण्टा पानी खुवाउने हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको प्रजातान्त्रिक प्यानलको अध्यक्षमा देविबहादुर डिसी, उपाध्इक्षमा भरतमणी पाण्डे, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा धुव्र केसी, सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरुमा यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*