Home / Feature Breaking news / वडा अध्यक्ष कपको उपाधि बेलटाकुरालाई

वडा अध्यक्ष कपको उपाधि बेलटाकुरालाई

सुवास डिसी
तुलसीपुर,१५ जेठ । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको कप बेल्टाकुरा ‘ए’ टिमले चुमेको छ । गत १३ गतेदेखि शुरु भएको वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा वडा भित्रका ७ वटा टिम सहभागि भएकोमा फाईनल खेल बेल्टाकुरा ए टिमले जितेको हो ।

कटाहा नवलपुरको संयुक्त टिम र बेल्टाकुरा ए टिम भएको फाईनल खेलमा बेल्टाकुरा ‘ए’ ले शुन्यका विरुद्ध १ गोल गर्दै प्रथम स्थान हासिल गरेको हो ।
स्थानिय तहमा खेलप्रति आकर्षण वढाउने तथा स्थानिय तहमा नव खेलाडीहरु उत्पादन गर्ने उदेश्यले वडा कार्यालयद्धारा आयोजित वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा कटाहा नवलपुरको संयुक्त टिम द्धितिय र मोतिपुर गांँउको टिम तृतिय भएका हुन् ।

त्यस्तै प्रतियोगितामा बेष्ट प्लेयर आदर्श हमाल, बेष्ट गोल किपर अनिल बोहरा, राईजिङ प्लेयर अमृत खड्का र बेष्ट डिफेन्सको उपाधि सुनिल केसीले हात पारेका छन् ।

यसैविच एक औपचारिक कार्यक्रम गरि प्रतियोगिताको समापन गरिएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति किर्ती वहादुर खड्काको प्रमुख आतिथ्य एवं पूर्र्व सांसद गेहेन्द्र गिरी र कांग्रेसका क्षेत्रिय सभापति जगत वहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने खेलाडिहरु तथा बेष्ट प्लेयर, बेष्ट गोल किपर, बेष्ट डिफेन्स र राईजिङ प्लेयरलाई, मेडल, प्रमाण पत्र तथा नगद पुरष्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा तरुण दल दाङका अध्यक्ष टिका घर्ति, कांग्रेसका तुलसीपुर नगर का।वा। सभापति भिम प्रसाद भण्डारी, साविक उरहरी गाविसका पुर्व ईकाइ सभापति अर्जुन वहादुर केसी, साविक १९ नम्वरका कांग्रेस वडा सभापति वोधिलाल भण्डारी, साविक २० का सभापति टोपेन्द्रराज रेग्मी, पुर्व वडा अध्यक्ष लिलाधर डांगी, नेकपाका प्रतिनिधि होताराम वस्नेत लगायतले खेल क्षेत्रको विकासका लागी राज्यले विशेष निति लिएर खेलकुद र खेलाडिका लागी लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतियोगिताका संयोजक तथा वडा सदस्य सुवास डांगीको स्वागत मन्तव्यबाट शुरु भएको समापन कार्यक्रममा वडा स्तरिय युवा क्लवका अध्यक्ष दिपक खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वडाका कर्मचारी लक्ष्मी चौधरीले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*