Home / Feature Breaking news / दाङ महोत्सवमा सांस्कृतिक कार्यक्रम उत्कृष्ट हुनेछः संयोजक भाट

दाङ महोत्सवमा सांस्कृतिक कार्यक्रम उत्कृष्ट हुनेछः संयोजक भाट

दाङ जिल्ला उद्योग बाणिज्य संघले फागुन ३ गतेदेखि १३ गतेसम्म ‘दाङ ब्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेशस्तरिय कृषि प्रदर्शनी—२०७४’ को आयोजना गरेको छ । कृषी, पर्यटन एवं व्यवसायीक पक्षलाई जोड दिदै महोत्सव हुदै छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजम मूल समिति दाङ उवासंघले बताएको छ । महोत्सवमा दर्शकहरुको ध्यान केन्द्रित गर्ने भनेको सांस्कृतिक कार्यक्रमले नै हो । यस कार्यक्रमलाई व्यवस्थापन र संयोजन गर्नकालागि दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य मिनराज भाटको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन भएको छ । यस समितिले गरृेका काम र महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमको विषयमा सांस्कृतिक उपसमितिका संयोजक भाटसंँगकोे कुराकानीः

महोत्सवको तयारी के छ ?

दाङ जिल्ला उद्योग बाणिज्य संघले फागुन ३ गतेदेखि १३ गतेसम्म ‘दाङ ब्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेशस्तरिय कृषि प्रदर्शनी—२०७४’ को आयोजना गरेको छ । जसकालागि मूल समिति र उपसमितिहरु गठन गरेर काम भईरहेको छ ।

सबैले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छौ । महोत्सव भोलीदेखी सुरु हुदैछ । त्यसैले महोत्सवको तयारी अन्तिम चरणमा छ । आज वुधवार वेलुकीसम्ममा सम्पूर्ण तयारी पुरा हुन्छ । भोली ३ गते विहीवार भव्य शोभायात्राका साथ महोत्सवको उपराष्ट्रिपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

साँस्कृतिक कार्यक्रममा के–के हुन्छ ?

सांस्कृतिक कार्यक्रममा सांकस्कृतिक कार्यक्रम हुने नै भईहाल्यो । कार्यक्रममा दैनिक दंगाली कलाकारहरुकोदेखी राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहन्छ । कुन कलाकारलाई कुन दिन समय दिने भन्ने विषयलाई मुर्त रुप दिने काम भइरहेको छ । स्थानीय तहमा रहेका नयाँ प्रतिभाको खोजी भइरहेको छ ।

नयाँ प्रतिभाहरुलाई प्रोत्साहनकालागि हामी गायन प्रतियोगिताको दंगाली तारा, प्रदेशस्तरिय लोक नृत्य, सारंगी, श्रीमानश्रीमतीबीचको युगल नृत्य प्रतियोगीता गर्दैछौ । जसकालागि आज फागुन २ गतेसम्म नाम दर्ता गराउन सबैलाई अनुरोध गरेका छौ ।

नयाँ केछ यस पटकको सांस्कृतिक कार्यक्रममा ?

नयाँ त मैले अगाडी पनि भने हामी यस पटक लोपउन्मुख रहेको बाजा सारङ्गी वादन प्रतियोगिता गर्दैछौ । विशेष गरि गन्धर्व समुदायको आम्दानीको पाटो सारंगी नै हो । यो पछिल्लो समयमा लोप हुदै गईरहेको छ । त्यसैले हामीले यसपटक सारङ्गी वादन प्रतियोगिता गदैछौ ।

यस्तै युवल नृत्य अर्थात श्रीमान श्रीमतिको नृत्यको आयोजना गरेका छौ । संभवतः यो नमुना प्रतियोगिता हो । यस्तै गायन प्रतियोगिता, लोक नृत्य प्रतियोगिता पनि यस महोत्सवमा हुदै छ ।

कलाकारहरुका विषयमा पछिल्लो समयमा केही विवाद छन्, विवाद आउन नदिन तपाईहरुको तयारी के हो ?

हामीहरुले विवादास्पद कलाकारलाई कुनै स्थान दिनै छैनौँ । मौलिकपन भएका, सामाजिक अभियान्ताका रुपमा चिनीएका धुर्मुस—सुन्तली, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल जस्त कलाकारहरु आउदै हुनुहुन्छ ।

यस्तै लोकदोहोरी, सुगम संगित लगायत क्षेत्रमा चर्चामा रहेका तर दाङमा नआएका कलाकारलाई प्राथमिकता दिएका छौँ । दाङमा जन्मेर आफ्नो कर्मथलो अन्यत्र बनाएका कलाकारहरुलाई पनि विशेष निम्तो दिएका छौँ ।

दंगाली कलाकारहरुलाई प्राथमिकता दिएका छौँ । दंगाली कलाकारहरुलाई प्रोत्साहन दिन र उनीहरुको कलालाई हौसला दिनका लागि हामीहरुले कसैलाई छुटाउने छैनौ । विशुद्ध पारिवारिक रुपमा महोत्सवमा कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्ने विश्वास हामीले लिएका छौँ ।

दाङमै बसेर कला—सस्कृतीको संरक्षणमा लागेका कलाकारलाई स्थान छैन ?

छ नि किन नहुनु । दाङर दंगाली नै हाम्रो पहिलो प्राथमीकता हो । पौराणीक सारंगी बाजा बजाउने जातीको रुपमा चिनीएका गन्दर्भको लोपोन्मुख अवस्थामा रहेको सारंगी बाजालाई संरक्षण गर्न प्रतियोगीताको आयोजना गरेका छौँ । दाङको सवालमा गन्धर्व जाती धेरै भए पनि स्थानीयस्तरमा सारंगीको प्रयोग कम भएको पाएका छौँ ।

प्रतियोगीताले यसको चर्चा राष्ट्रमै हुने हामीले अपेक्षा गरेका छौँ । यसको अन्तर्रा्ष्ट्रिय लोक सस्कृतीमा सारंगी प्रतियोगीताले प्रबद्र्धन हुनमा सहयोग पुग्ने हामीहरुले विश्वास लिएका छौँ । यस्तै थारुको बसोबासको रुपमा रहेको दाङमा थारु सस्कृती झल्काउने कला, सस्कृतीलाई पनि प्रस्तुत गर्नेछौँ ।

साथै अन्य जातीका पनि कला, सस्कृती प्रस्तुत गर्ने प्रयास गरेका छौँ र त्यसका लागि समन्वय भइरहेको छ । हामीले थारु कलाकारहरुलाई महोत्सवमा सम्भवतः दैनिकजसो समेट्ने छौ । दाङमै बसेर पनि धेरै कलाकारहरुले संगितको क्षेत्रमा राम्रो काम गर्नुभएको छ । उहाँलाईलाई हाम्रो प्राथमीकता हुने छ ।

अन्त्यमा ?

अन्त्यमा तपाईको यो राप्ती सन्देश अनलाईन र तपाईलाई धन्यवाद दिन चाहन्छु । साथै महोत्सवमा सांस्कृतिक कार्यक्रममा हामीले विवाद नआउने गरि काम गर्ने कोशीस गरेका छौ ।

काम गर्दा गर्दै पनि केही समस्या हुन सक्छ, केही गल्ती हुन सक्छ । त्यसलाई सच्याउनकालागि हामी तयार छौ । सबैको सल्लाह सुझावको अपेक्षा पनि गरेका छौ । महोत्सव सफल पार्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु । धन्यवाद……………नमस्कार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*