Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशबाट १ लाख २७ हजार रकम फिर्ता

राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशबाट १ लाख २७ हजार रकम फिर्ता

दाङ, २ फागुन
पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनकालागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको वुधवार बन्द गरिएको छ ।

पुष २९ गते स्थापना गरिएको कार्यालयको वुधवार एक औपचारिक कार्यक्रम गरि बन्द गरिएको हो । कार्यालयको नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बोर्ड निकालेर बन्द गरेका थिए ।

पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनकालागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएको निर्वाचन आयोगबाट ११ लाख ९८ हजार ९ सय ४० मध्य १० लाख ७१ हजार ६ सय ८८ रुपैया खर्च भएको र बाँकी रहेको १ लाख २७ हजार २ सय ५२ रुपैया निर्वाचन आयोगमा कोलेनिकामार्फत फिर्ता गरिएको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

माघ २४ गते भएको पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनबाट ४ जना एमाले, २ जना कांग्रेस र २ जना माओवादी केन्द्रबाट विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद पनि दिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उयपरिक्षक दुर्गा सिंह लगायत राजनितिक दलहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*