घोराही, २ फाल्गुन
घोराहीको स्वर्गद्धारी चलचीत्र रोडमा रहेको रोल्पाली मेची महाकाली शु सप्लायर्सको आज वुधवार उद्घाटन गरीएको छ । सप्लायर्सको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगीले उद्घाटन गर्नुभएको हो ।
पसलका सञ्चालक राजकुमार सुनारको अध्यक्षता एंव वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा भएको पसलको उद्घाटन कार्यक्रममा बोल्दै डाँगीले घोराहीको बिचमा रहेको यस पसलले ग्राहकहरुलाई सन्तुष्ट हुनेगरि सेवा सुविधा दिन अनुरोध गर्नुभयो ।
फोहोर व्यवस्थापनदेखी ग्राहरुसँगको व्यवहार उत्कृष्ट बनाउन उहाँले पसलका सञ्चालकलाई सल्लाह दिनुभयो । कानुनी रुपमा बसै प्रक्रिया पु¥याएरमात्र व्यवसायीले व्यवसाय सुरु गर्नुपर्ने भन्दै उहाँले सरकारलाई कर तिर्नबाट पछाडी नहट्न अनुरोध गर्नुभयो ।
सञ्चालक राजकुमार सुनारले पसल बाट सम्पुर्ण प्रकारका लेडिज तथा जेन्स जुत्ता चप्पल र विद्यालय तथा कलेजका युनिफर्महरु समेत पाईने बताउनुभएको थियो । आफूले १० वर्ष विदेशमा गएर काम गरेको र अहिले आएर आफ्नै ठाँउमा पसल सञ्चालन गरौँ भन्ने उद्धेश्यले पसल सञ्चालन गरेको उहाँले बताउनुभयो ।
उद्घाटनमा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शित्तल, लोक तथा दोहोरी प्रतिष्ठान दाङका अध्यक्ष प्रेम शर्मा, एओन टेलीभिजनका विर बहादुर चौधरी, मोडलहरु बसन्त बुढाथोकी र अर्चना केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालने रोशन घर्तिले गर्नुभएको थियो ।