Home / समाज / भोलीदेखी दाङका सिलाइ व्यवसायहरु वन्द हुने

भोलीदेखी दाङका सिलाइ व्यवसायहरु वन्द हुने

घोराही, १६ साउन
नेपाल स्वतन्त्र सिलाई कारिगढ युनियनले भोलीदेखी दाङका सम्पुर्ण सिलाइ व्यवसायहरु वन्द गर्ने भएको छ । नेपाल स्वतन्त्र सिलाई कारिगढ युनियनका अध्यक्ष प्रमोद सुनामको अध्यक्षतामा सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
यसैगरी बैठकले सिलाई कारिगढले पाउने पारिश्रमीक र सेवा सुविधा नभएको भन्दै सेवा सुविधा तथा पाउने पारिश्रमिक वृदिको माग गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी समक्ष माग पत्र पेश गरेको थियो । हाल सम्म पनि माग पत्रको मागपत्रको संवोधन नभएको भन्दै भोली १६ गते देखी सम्पुर्ण सिलाई व्यबसायहरु वन्द गर्ने निर्णय गरेको छ । युनीयनले सम्पुर्ण सिलाई व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरि समर्थन जनाउन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*