Home / Feature Breaking news / ‘जागरण अभियानले काग्रेसलाई एकताबद्ध बनाएको छ’

‘जागरण अभियानले काग्रेसलाई एकताबद्ध बनाएको छ’

दाङ,२६ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जागरण अभियानले नेपाली काग्रेसका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउने काम गरेको बताएका छन । नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले काग्रेस नेता तथा कार्यकर्तामा भएको तिक्ततालाई हटाएर पार्टी र देशकालागि एक ठाृउँमा जुट्ने अवसर प्रदान गरेको बताएका हुन ।

पार्टीभित्रकै कलहले केही समस्या देखिएको भन्दै नेता बस्नेतले राष्ट्रिय जागरण अभियानले सुधार गर्नका लागि बल पुगेको बताए । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले कार्यकर्तालाई अधिनायकवादी सरकारको विरुद्धमा एकजुट हुन आपसी मतभेद त्याग्न समेत आग्रह गरे ।

बर्तमान दुई तिहाई बहुमतको सरकार अधिनायकबादको बाटो लागेको भन्दै त्यसका बिरुद्ध कडा प्रतिपक्षको भूमिकामा नेपाली काग्रेस उभिएको बताए । ‘सरकारको प्रवृद्धिलाई हेर्ने हो भने सरकार अधिनायकवादी दिशामा अघि बढेको छ’,नेता बस्नेतले भने,‘देशलाई अधिनायकवादमा फस्न नदिन काग्रेस सशक्त रुपमा उभिएको छ ।’ देशमा अधिनाकवाद ल्याउनकै लागि सरकारले प्रेसलाई घेरामा राख्न खोजेको भन्दै नेपाली काँग्रेसले मिडिया बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका थिए ।

त्यस्तै नेता बस्नेतले सरकारले राप्तीकै केन्द्रका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाउन नचाहेको बताए । त्यही भएर बर्तमान सरकारले एक रुपैया पनि बजेट बिनियोजन नगरेको बताएका थिए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देब यादबले स्वागत गरेको थिए । पत्रकार सम्मेलनको सहजीकरण सचिब आरके सितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*