Home / Feature Breaking news / कृषकलाई अनुदानमा मौहुरी तथा मौहुरीका सामाग्री

कृषकलाई अनुदानमा मौहुरी तथा मौहुरीका सामाग्री

अमरराज आचार्य
दाङ, २९ जेठ । माहुरीपालक कृषकहरुलाई अनुदानमा मौहुरी तथा मौहुरीका लागि आवस्यक सामाग्री प्रदान गरिएको छ । मौरी ब्लक विकास सञ्चालक समितीको व्यवस्थापन तथा कृषि ज्ञान केन्द्र दाङको प्रधान मन्त्रि कृषि आधुनिकरण परियोजना मौरी व्लक विकास कार्यक्रम अन्र्तगत अनुदानमा सामाग्री तथा माहुरी वितरण गरिएको हो ।

कृषक र ज्ञान केन्द्रको गरि ४० लाख ९७ हजार १ सय वरावरको रकमको माहुरी तथा माहुरीपालनका लागि सामाग्री प्रदान गरिएको मौरी व्लक विकास सञ्चालक समितीका अध्यक्ष रामहरि शर्माले जानकारी दिए । उनका अनुसार प्रथम पक्षले २० लाख र दोस्रो पक्षले २० लाख ९७ हजार १ सय रुपैया लगानी रहेको छ । कृषकहरु लाई गोला सहित मौरीघार १ सय ९० वटा, खाली माहुरीको घार ४ सय ३९ वटा, महदानी ८ वटा मह बकेट (वाल्टी) १ हजार ५ सय वटा, मैन वक्स ८ वटा, पोलन ट्रयाप २ सय वटा, मौरी चोप ४ सय वटा, डिप फ्रिज १ वटा, मेटिङ हयाभ १ सय ५० वटा प्रदान गरिएको शर्माले बताए ।

यसका लागि जम्मा ४९ लाख ६२ हजार १ सय ७५ रुपैया खर्च भएको छ । जसमा कृषक तथा ज्ञान केन्द्रको रकम रहेको छ । त्यस वाट कृषकलाई तालिम, सार्वजनिक सुनाइ, आधार चाका वितरण, फर्मिड एसिड, क्याण्डी, होडिङ वोर्ड लगाएतका खर्च भएको उनले बताए । यसले कृषकहरु लाई व्यवसायिक वन्न समेत सहयोग पुग्ने बताइएको छ ।

कृषकहरु लाई आवश्कता अनुसार प्रदान गरिएको समितीले जनाएको छ । कृषकहरु लाइ एक कार्यक्रमको आयोजना गरि सामग्री हस्तान्त्रण गरिएको हो । सामाग्री हस्तान्त्रण गदै घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उप महानगरपालिका महको लागि आत्म निर्भर भइ सकेको बताए । ‘नगरपालिका आत्म निर्भर भएर मात्र हुदैन निर्यात गर्ने गरि अगाडि वढन आवस्यक रहेको छ’ प्रमुख चौधरीले भने । त्यसै अनुसार कृषकहरु व्यवासयिक रुपमा अगाडि वढन आग्रह गरे ।

माहुरी पालनमा दाङ ढिला सुरु भएर छिटो सफल लिन सफल भएको समेत बताए । दाङमा मह उत्पादन वढाउन कृषकहरुले मह उत्पादन हुने खालका वोट विरुवाको संरक्ष्णमा लाग्नु पर्ने बताए । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर वस्नेतले माहुरी पालनमा दाङ लाइ देशको उत्कृष्ट जिल्ला वनाउन सकिने बताए । त्यसका लागि निजी क्षेत्रहरु अगाडि वढन आवस्यक रहेको उनको भनाइ रहेको छ ।

‘राज्यले गरेर मात्रै हुदैन सहकार्य गरेर अगाडि वढन जरुरी रहेको छ’ वस्नेतले भने । घोराही उप महानगरपालिका अर्थ विकास शाखाका संयोजक राममणि पाण्डेले घोराही उप महानगरपालिकाले कृषकलाइ अगाडि वढाउने गरि निती लिएर अगाडि वढने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले सहज निर्यातको व्यवस्थापन गरिदिनु पर्ने बताए । भने कृषकहरुले उत्पादन गरेका गरेको वस्तु गुणस्तर हुनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*