Home / Feature Breaking news / दाङ जिल्ला फोटोग्राफर एशोसियशनमा नयाँ नेतृत्व्

दाङ जिल्ला फोटोग्राफर एशोसियशनमा नयाँ नेतृत्व्

 

हिमाल महरा

दाङ,३ असोज । दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङको अध्यक्षमा बसन्त न्यौपाने सर्बसहमत चयन भएका छन । एशोसियसनको शनिवार भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा १७ कार्यसमिति सर्बसहमत चयन गरेको हो ।

जस्मा उपाध्यक्षहरु मिनराज महरा, नारायण खनाल , नारायण बिक, महासचिवमा दुर्गाप्रसाद चौधरी, सचिबमा हिमाल महरा, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह–सचिवमा रमेश परियार रहेका छन् । त्यसैगरी सदस्यहरु रामु केस, किसान वली, भावना महरा, चन्द्रकला चौधरी, युबराज अधिकारी, मनिराम चौधरी, श्रीधर आचार्य, झग्गुप्रसाद चौधरी, कृष्ण जिएम चयन भएका छन् ।

दाङ जिल्ला फोटोग्राफर एशोसियसनको अध्यक्ष गणेश दंगलाको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयोजक बसन्त जोशीको प्रमुख अतिथिमा भएको अधिवेशन भएको थियो । त्यस अवसरमा दाङ जिल्ला फोटोग्राफरको निबर्तमान कोषाध्यक्षमा स्व.खुमानन्द पौडेल कोभिडको कारण मृत्यु भएको दुख व्यक्त गरेको छ । उपाध्यक्ष सुरजजंग रायमाझीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बसन्त न्यौपानले गरेका थिए ।
एशोसियसनद्धार आर्थिक सहयोग

अधिवेशनले साथै तुलसीपुर शाखाको अध्यक्षमा सुरेश भट्टराई र देउखुरी शाखाको अध्यक्षमा कृष्ण पन्थीलाई सर्वसहमत रुपमा चयन गरेको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सौगात फोटो स्टुडियो सञ्चालक होमराज भट्टराईको श्रीमती क्यान्सर पीडितलाई सस्थाबाट ५१०० र महासंघ अध्यक्ष महेन्द्रप्रसाद उपाधायले पाँच हजार, रोशन जोशील् तीन हजार, सन्तोष कसौधनले दुई हजार पाँच सय ५५ , लक्ष्मण न्यौपानेले २ हजार ५ सय, बसन्त न्यौपाने दुई हजार ५ सय, ओम खड्काले २ हजार ५ सय, रामु केसीले दुई हजार सहयोग गरेका छन् ।

त्यसै लमही निवासी बि.पि फोटो स्टुडियोका संचालक तुलाराम भण्डारी प्यारालाइस पीडितलाई सस्थाबाट ५ हजार एक सय, महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाधायले २ हजार पाँच सय। ओम खड्काले दुई हजार पाँच सय, सहयोग गरेको निबर्तमान अध्यक्ष गणेश दंगालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*