Home / समाचार / सरस्वती टोल विकास सस्था गठन

सरस्वती टोल विकास सस्था गठन

रामबहादुर डागी
दाङ,२६ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ को भैसापथ्रामा भएको स्थानीयवासीको बैठकले सरस्वती टोल विकास सस्था गठन गरिएको छ । साविक धर्ना गाविस अन्तर्गत वडा नं. ६ र ९ नम्वरलाई समेटेर सरस्वती टोल विकास सस्था गठन गरिएको हो ।

बैठकले स्थानीय कृष्णबहादुर भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको छ । सस्थाको उपाध्यक्षमा दोर्णबहादुर वली, सचिव कृष्णबहादुर विश्वकर्मा, कोषाध्यक्षमा निमा डाँगी, सहसचिवमा सपना पाण्डेय वली रहेका छन ।

जसको सदस्यहरुमा गुमानसिंङ डागी, गंगाराम सुनार, माया विक, मोतीकुमारी वली रहेका छन । सस्थाको सल्लाहकारमा रुद्धबहादुर भण्डारी, दुर्गा वली र गणेश विक रहेका छन ।

वडा सदस्य तुलसा खड्काको अध्यक्षतामा भएको बैठकमा वडा सचिव लक्ष्मण अधिकारीले टोल विकास सस्था गठन प्रक्रियासँगै सस्थाको उद्देश्यका बारेमा जानकारी गराएका थिए । वडामा हुने सामाजिक तथा भौतिक विकास निर्माणका कार्यक्रमलाई प्रभावकारी,गुणस्तरीय, पारदर्शी बनाउने, वडालाई पूर्ण सरसफाई युक्त वडा निर्माण, लैगिङक हिंसा मुक्त टोल निर्माणलगायतका विभिन्न उद्देश्य राखी टोल विकास सस्था गठन गरिएको हो । यसअघि डागीगाउँमा पनि डागीगाउँ टोल विकास सस्था गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*