दाङ, १६ भदौ
ट्राफिक प्रहरीले चालकहरुलाई सडकमै सचेत बनाउन सुरु गरेको छ । सडकमै चालकहरुलाई सवारी चलाउदा ध्यान दिनुपर्ने नियम एवं ट्राफिक नियमबा बारेमा जानकारी गराउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा सवारी चालकहरुलाई सचेत बनाउदै पर्चा पप्लेट वितरण गरेको छ । युवा सञ्जाल त्रिपुरसँगको समन्वयमा ट्राफिक प्रहरीले पर्चा पप्लेट वितरण गरेको हो ।
‘दुर्घटनाको पिडा ट्राफिक प्रहरीलाई नभई तपाईलाई हुन्छ तसर्थ सदैव ट्राफिक नियमको पालना गरौ’ भन्ने मुख्य सन्देशका साथ चालकहरुलाई सचेत बनाईएको थियो ।
सवारी साधनका कागजपत्र सदैव साथमा राखौ, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, रातिको समयमा लाईट नबाली सवारी नचलाऔँ, सडकमा जथाभावी सवारी पार्किङ नगरौँ, आफ्नो लेनको प्रयोग गरौँ लगायतका नारा लेखीएको पप्लेट वितरण गरिएको थियो । यस्तै पैदन यात्रुहरुलाई पनि त्यस अवसरमा सचेत बनाईएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल र युवा सञ्जाल त्रिपुरका सचिव डम्मर गौतमको नेतृत्वमा रहेका ट्राफिक प्रहरी एवं युवाहरुले २ हजार बढि पर्चा पप्लेट वितरण गराएको र ४ हजार बढि सवारी चालक एवं यात्रुहरुलाई सचेत बनाएको प्रहरी सहायक निरिक्षक विवेक महराले जानकारी दिनुभयो ।
यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले बताउनुभयो ।