Home / Feature Breaking news / घोरही उपमहानगरपालिकाको नगरसभाः बजेट १ अर्व ३५ करोड

घोरही उपमहानगरपालिकाको नगरसभाः बजेट १ अर्व ३५ करोड

घोराही, १६ भदौ
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब डेढ अर्व रुपैया बजेट विनियोजन गरेको छ । उमहानगरपालिकाले यस आर्थिक वर्षकालागी १ अर्ब ३५ करोड ८० लाख २५ हजार विनियोजन गरेको हो ।

जसमध्ये चालुतर्फ चालुतर्फ ५५ करोड ८९ लाख २० हजार अर्थात कुल बजेटको ४१ दशमलब १६ प्रतिशत विनियोजन गरिएको छ भने पूँजी निर्माण तर्फ ७९ करोड ९१ लाख ५ हजार अर्थात ५८ दशमलब ८४ प्रतिशत रकम रहेको छ ।

घोराही उपमहानगरपालिकाको आज भएको नगरसभामा उपमेयर सीता सिग्देल न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । पूँजी निर्माणमा छुट्टाइएको बजेट मध्ये सार्वजनिक निर्माण तर्फ ६४ करोड ८४ लाख ७० हजार अर्थात कुल बजेटको ४७ दशमलब ७५ प्रतिशत छुट्टाइएको छ । बाँकी पूँजिगत बजेट १५ करोड ६ लाख ३५ हजार अर्थात ११ दशमलब ९ प्रतिशत रकम वडा कार्यालयको भवन निर्माण, जग्गा खरिद, बारुण यन्त्र खरिद र फोहोरमैला व्यवस्थानका लागि प्रयोगमा ल्याईने सवारी साधनको खरिद र सूचना प्रविधिका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाईएको छ ।

प्रत्येक वडाको विकासका लागि वडास्तरीय योजना तथा कार्यक्रममा १८ करोड १० लाख ७० हजार कुल बजेटको १३ दशमलब ३३ प्रतिशत छुट्टाइएको छ । त्यसैगरी नगरस्तरीय दीर्घकालीन तथा अल्पकालीन योजनाका लागि ४६ करोड ४४ लाख रुपैया अर्थात ३४ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*