दाङ, ४ चैत ।
दाङ जिल्लामा पछिल्लो समय पुरुष पिडितहरुको संख्यामा पनि बृद्धि हुन थालेको घोराही उप महानगरपालिका न्यायिक समिति दाङले जनाएको छ । घोराही उप महानगरपालिका नगर कार्यपालिका कार्यालयको न्यायिक निकाय आउने मुद्धाहरुको संख्यामा बृद्धि हुदै जादा पछिल्लो समय पिडित पुरुषहरुले आफना पिडाहरु लियर आउन थालेको न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपानेले बताइन ।
पितृसत्तात्मक समाजको धारणा अनुसार, पुरुषले आफना समस्याहरु समाजका अगाडी वर्णन गरे मात्र पनि कमजोर पुरुषको उपाधी मिल्ने भएकाले अधिकांश पुरुषहरुले आफना समस्याहरु आफै भित्र नै लुकायर राख्ने गरेकोमा पछिल्लो समय बैदेशिक रोजगारमा गएका अधिकांश पुरुषहरुले नै सम्पति हिनामिना देखी आफुहरु हिंसामा परेको २५ प्रतिशत घटनाहरु न्यायिक समितिमा दर्ता गरेको न्यायिक समितिका संयोजक न्यौपानेले बताइन ।
न्यौपानेका अनुसार, आर्थिक वर्ष २०७४÷२०७५को फाल्गुण मसान्त सम्म उप महानगरको न्यायिक समितिमा बिबिध शिर्षकमा गरी १ सय १४ वटा मुद्धाहरु दर्ता भएता पनि ४७ वटा मुुद्धाहरु टुङिएको न्यायिक समितिका संयोजक न्यौपानेले बताइन । महिला हिंसाका घटनाहरुमा आवाज उठाईरहदा पुरुष हिंसा र पिडाका घटनाहरु पनि बिस्तारै बाहिर आउन थालेपछि भने अब समाज कतातिर जादै छ भन्ने चिन्तन रहेको न्यौपानेले बताइन ।
संकल्प महिला संचार संस्थाको आयोजनामा आइतवार घोराही उप महानगरपालिकाको कार्यालयमा भएको न्यायिक समितिका संयोजक सँगकोे छलफल कार्यक्रममा उक्त जानकारी दिएको हो । छलफल कार्यक्रममा न्यायिक समितिका संयोजक न्यौपानेले वडा अध्यक्ष,कानुनी सल्लाहाकार र न्यायिक समितिका सबै सँगको समन्वयमा छलफल हुने भएता पनि पछिल्लो समय समाजमा बिबादीत मुद्धाको संख्यामा बृद्धि हुदै जादा कर्मचारीको पुर्णरुपमा ब्यवस्थापन हुन नसक्दा पनि काममा समस्या भएको बताइन । यसैगरी न्यायिक समितिमा लेनदेन, जग्गा विवाद, कुलो नालापानी, लिखित बदर, भरभाडा, बाताबरण, गाली बेईज्जत, अंश, सम्बन्ध बिच्छेद, कुटपिट र अन्य किसिमका मुद्धाहरु नै न्यायिक समितिमा दर्ता हुने गरेको न्यायिक समितिले जनाएको छ ।
कार्यक्रम संकल्प महिला संचार संस्थाका अध्यक्ष बसुन्धरा गौत्मको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष माया पोख्रेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पत्रकारहरु शुसीला वली, सन्ध्या रेग्मी, रोशनी मल्ल, देवी भण्डारी, सपना बोहरा, बिमला घर्ति, समिक्षा गाहा, सबिता चौधरी, शुसीला पौड्ेल लगायतले न्यायिक समितिका संयोजक न्यौपाने लाई दर्ता हुने घटना, प्रकृति र दर्ता पछिको अवस्था लगायतका विषयमा जिज्ञासा रराखेका थिए । संकल्प महिला संचार संस्थाका सह सचिब पार्वती बस्नेतले धन्यावाद ज्ञापन गरेकोे कार्यक्रमको सहजीकरण संस्थाका सचिब शुलोचना गौत्मले गरेकी थिइन ।