Home / Feature Breaking news / देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय

देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय

दाङ, २५ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १४ महिनाको अवधिमा ४ हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ । २०७७ माघ १४ गतेदेखि हालसम्म आयोग निवेदन दिएका १२ सय घर परिवारका सदस्यहरु मध्य चार हजार बढी बेपत्ता परिवारका सदस्यहरुलाई आयोगले परिचयपत्र वितरण गरेको हो ।

देशका विभिन्न जिल्लाहरुमा घुम्ती शिविरमार्फत वेपत्ता परिवारका सदस्यहरुलाई परिचयपत्र वितरण गर्दै आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले जानकारी दिएका छन् । ‘आयोगले १४ महिनाको अवधिमा देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ’,प्रवक्ता अधिकारीले भने,‘थप परिवारका सदस्यलाई परिचयपत्र दिनका लागि घट्ना बारे अनुसन्धान गरेर छानविनको काम भैरहेको छ ।’

उनले यसअवधिमा कोरोना महामारीका कारण अपेक्षा गरे अनुसार बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गर्न नसकेको बताए । पीडित परिवारलाई परिचयपत्रसँगै परिपुरणका लागि सरकारसँग माग गरिएको उनको भनाई छ । आयोगले घट्नाको अध्ययन गर्दै बास्तवीक पीडित परिवारलाई परिचयपत्रसँगै पीडितलाई न्याय र पीडकलाई सजायका लागि सरकारसँग माग गर्ने गरेको बताए ।

आयोगका प्रवक्ता अधिकारीका अनुसार यस अवधिमा दाङ जिल्लामा आयोगमा निवेदन दिएका एक सय ३२ परिवार मध्य हालसम्म एक सय परिवारलाई परिचयपत्र वितरण गरेको बताए । पहिलो पटक तुलसीपुरबाट ५५ परिवार र यसपटक घोराहीबाट ४५ परिवार घरी एक सय परिवारलाई दाङमा परिचयपत्र दिने तयारी रहेको उनले बताए । आयोगले विहीवार र शुक्रवार घोराहीबाट दोश्रो पटक परिचयपत्र वितरण गर्ने काम भइरहेको बताए ।

प्रवक्ता अधिकारीका अनुसार नेपालमा सवैभन्दा धेरै बेपत्ता पारिएका व्यक्तिहरुको संख्या बर्दिया र दोस्रोमा दाङ जिल्ला रहेको समेत बताए । करिव डेढदेखि दुई बर्षको अवधिमा आयोगले परिचयपत्र वितरणको काम सकेर सरकारसँग पीडितलाई परिपुरणका लागि पहल गर्ने समेत बताए उनले बताए ।

प्रवक्ता अधिकारीले परिचयका आधारमा बेपत्ता परिवारले सरकारबाट आरक्षण, सहुलियतपूण कर्जा तथा ऋण सुविधा, यातायात,कर, शिक्षा तथा तालिम, स्वास्थ्यमालगायतमा छुटसँगै बिमाको व्यवस्था, सामाजिक सुरक्षा भत्ता, लक्षित नीति तथा विविध कार्यक्रमको व्यवस्था गर्न तीन तहकै सरकारसँग आयोगले माग गरेको छ । आयोगले वेपत्ता परिवारहरुलाई परिचय पत्रका आधारमा सरकारी सेवा सुविधा दिनका लागि पहल समेत गरेको प्रवक्ता अधिकारीले बताए ।

‘परिचयपत्र नहुँदा बेपत्ता पारिएका व्यक्तिहरु स्थानीय तहहरुमा सहयोग माग्न जादा के को आधारमा तपाईहरुलाई सहयोग गर्ने भन्ने जवाफ आउने गरेको पीडित परिवारको गुनासो थियो’,प्रवक्ता अधिकारीले भने,‘बेपत्ता परिवारको परिचयपत्र प्राप्त गरेपछि अव स्थानीय तहबाट सहयोग प्राप्त गर्न सहजता भएको छ ।’

उनले परिचयपत्रका आधारमा अन्य सुविधाहरु समेत प्राप्त गर्ने अवसर भएको बताए । शिविरबाट परिचयपत्र पाएकाहरुले न्यायको पखाईमा बर्षो वितेकाले परिचयपत्रले केहि सुविधा पाउने आशा पलाएको बताएका छन । वेपत्ता परिवार भएकाको आमाबुवा, हजुरबुवा, हजुरआमा, छोराछोरी, पतिपत्निलगायतलाई परिचयपत्र दिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*