Home / Feature Breaking news / लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने

लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने

घाेराही, २५ चैत
वैशाख ३० गते हुने निर्वाचनमा लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने भएकाे छ । गठबन्धनकाे लुम्बीनी प्रदेश स्तरिय नेतृत्वकाे विहीवार बसेकाे बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई बलियाे बनाएर लैजाने निर्णय गरेकाे हाे । जसकालागी नियमीत बैठक बस्ने, मत बिष्लेशन गर्ने, निर्वाचन याेजना तयार गर्ने, जिल्लामा गठबन्धनकाे बैठक बसाल्न जिल्लालाई निर्देशन दिने, लुम्बीनी प्रदेशका १०९ स्थानीय तहमा गठबन्धनकाे धरातलिय अवश्था चैत २६ गतेसम्म पठाउन निर्देशन दिने र चैत २७ गते चुनाबी कार्ययाेजना सहित बैठक बस्ने निर्णय गरेकाे छ । बैठकपछि नेपाली कांग्रेसका लुम्बीनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माअाेवादीका लुम्बीनी प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका लुम्बीनी प्रदेश अध्यक्ष मेटमणी चाैधरी, जनता समाजवादी पार्टीका अध्यक्ष अशाेककुमार यादवले संयुक्त विज्ञप्ती निकालेर बैठकबारे जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*