Home / Feature Breaking news / तिहारपछि विकासे काम

तिहारपछि विकासे काम

लिलाधर वली
दाङ,११ कार्तिक । चालु आर्थिक वर्षको विकास निर्माणको काम तिहारपछि सुरु हुने भएको छ । समयमा बजेट आएपनि प्रथम चौमासिक सकिन लाग्दासम्म विकास निर्माणको काम सुरुवात हुन सकेको छैन् । स्थानीय तहहरुले तिहारपछि विकास निर्माणको काम धमाधम रुपमा अघि बढाउने जनाएका छन् । योजना सम्झौता र कामसँगसँगै जाने भएको छ । योजना सम्झौताको लागि उपभोक्ता समिति निर्माणको काम भैराखेको स्थानीयतहले बताएका छन् । जिल्लामा दुइवटा उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिका गरेर १ सय वडाहरु छन् ।

चालुआर्थिक बर्षको पहिलो चौमासिक सकिन लाग्दा समेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेका छैनन । यो पटक अन्तिम समयमा नै विकास निर्माणको काम हुने सभावना बढदै गएको छ । विगतमा पनि अन्तिम सयममा आएर जिल्लामा विकास निर्माणका काम हुने गरेका थिए । विशेष गरेर असारको २५ दिनमा जिल्लामा विकास निर्माणका हुने गरेको छ । असारे विकासमा परिवर्तन गर्न जिल्लामा पटक पटक बहस भएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । समयमै विकास निर्माणका काम सुरु नहुदा पछि हत्तार हत्तारमा काम गर्नुपर्दा गुणस्तरहिन काम हुनु गरेको जनगुनासो समेत छ । तर स्थानीय तहहरले भने विकास निर्माणको काम यहि महिनादेखि सुरु हुने दावि गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाल तिहार लगत्तै विकास निर्माणका कामहरु सुरु हुने बताए ।

उपमहानगरपालिकावाट विकास निर्माणका योजनाहरु अघि बढाउनकालागि परिपत्र आईसकेकाले तिहार लगत्तै वडामा विकास निर्माणका कामहरु अघि बढाउनकालागि उपभोक्ता समिति गठन गर्ने काम गर्ने उनको भनाई छ । ‘समयमै विकास निर्माणका कामहरु सम्पन्न गर्न उपभोक्ता समिति गठनको कामलाई तिहार लगत्तै गर्नेछौँ’, वडाध्यक्ष दाहालले भने,‘उपभोक्ता समिति गठनसँगै योजना सम्झौता विकास निर्माणका कामहरु हुने छन ।’ कात्तिक महिनामा उपभोक्ता समिति गठन गरिसक्नुपर्ने थियो तर चाडपर्वका कारण उपभोक्ता समिति गठनमा ढिलाई भएको समेत दाहालले बताए ।
दाहालको जस्तै भनाई रहेको छ, घोराही उपमहानगरपालिका वडा नं. १९का वडाध्यक्ष हर्क घर्तिको पनि । वडामा बिनियोजन भएका विकास निर्माणका कामहरुलाई अघि
बढाउनकालागि वडामा यहि महिनाभित्रै उपभोक्ता समिति गठन गर्नुपर्ने परिपत्र अनुसार नै वडामा उपभोक्ता गठनको पक्रिया सुरु हुने बताए । वडामा भएका ५÷६
वडा ठूला योजनाहरुसहित वडाका ४०÷४२ वडा योजनाहरुको लागि उपभोक्ता समिति गठन हुने बताए । बैशाख महिनाभित्रै विकास निर्माणका काम सम्पन्न गरिसक्ने
गरि वडामा उपभोक्ता समिति गठन गरि सक्ने घर्तिले बताए । ‘वडामा छनोट भएका योजनाहरु समयमै निर्माण सम्पन्न गर्ने गरि उपभोक्ता समिति गठन गर्ने पक्रियामा
छौँ’,वडाध्यक्ष घर्तिले भने,‘त्यसका लागि भोली र पर्सि बैठक बस्दैछौ ।’

बैठकले उपमहानगरपालिकाको परिपत्र अनुसार वडामा विकास निर्माणका काम गर्न उपभोक्ता समिति गठन पक्रिया अघि बढाउने तयारीमा रहेको समेत उनले बताए । घर्तिले विकास निर्माणका योजना कार्यान्व्यनमा कुनै ढिलाई नहुने गोरक्षलाई बताए । त्यस्तै विकास निर्माणका योजनाहरुलाई समयमै सुरुवात गर्न गाउँपालिकाहरुले समेत उपभोक्ता समितिको प्रक्रियालाई अघि बढाई सकेको बताएका छन ।

देउखुरीको राजपुर गाउपालिकाले माघ मसान्तभित्रै योजना सम्झौता गरिसक्ने गरि वडामा विकास निर्माणका लागि उपभोक्ता समिति गठनको कार्यलाई अघि बढाएको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए । ‘गाउँपालिकावाट आर्थिक बर्ष २०७५÷०७६ मा स्वीकृत भएका योजनाहरु समयमै सम्पन्न गर्नका लागि वडाहरुमा उपभोक्ता समितिहरु गठन गर्न परिपत्र गरिरहेका छौ’,गाउपालिका अध्यक्ष केसीले भने,‘सोही अनुसार कतिपय वडाहरुमा उपभोक्ता समिति गठन गर्ने काम
सुरु भएको छ, तिहारपछि सवै वडाहरुमा हुने छ ।’

केसीले माघको मसान्तभन्दा पछाडी गाउँपालिकावाट कुनै पनि योजनामा सम्झौता नहुने भन्दै समयमै विकास निर्माणका काम गर्न वडावासीहरु जागरुक हुुनुुपर्ने समेत बताए । यो आर्थिक बर्षको बैशाख महिनासम्म विकास निर्माणका कार्य सम्पन्न गरिसक्ने गरि विकास निर्माणका कामहरु प्रत्येक वडाहरु सञ्चालन गर्न वडालाई परिपत्र गरिएको समेत गाउपालिका अध्यक्ष केसीले बताए । पहिलो चौमासिक सकिन लाग्दासमेत विकास निर्माणका कामहरु नहुदा पछि हातरमा काम गर्ने परम्पराका कारण विकास निर्माणका काम गुणस्तरहिन हुने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*