Home / Feature Breaking news / समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

काठमाण्डौ,११ कार्तिक । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
उनले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नु भयो । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा दिगो शान्ति स्थापना गर्न सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले चार महिनाको गहन अध्ययनपछि सञ्चालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास पनि व्यक्त गरे ।
केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ ।

मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*