Home / Feature Breaking news / एकैदिन थपिए १,१६७ कोभिड संक्रमित

एकैदिन थपिए १,१६७ कोभिड संक्रमित

पछिल्लो २४ घण्टामा एक हजार १६७ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कोस्ल मिश्राले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएकी हुन् ।

डा. मिश्राका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा १ हजार १६७ मा संक्रमण पुष्टि भएको हो ।

आज देशभरको औसत संक्रमण दर ९.५ प्रतिरशत रहेको छ । त्यसैगरी आज देशभर संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने आज २२४ जना संक्रमणमुक्त भएका छन् ।

आज देशभर होम आइसोलेसनमा ६ हजार १२७ जना र जना संस्थागत आइसोलेसनम ६२८ जना रहेका छन् । तीमध्ये ७० जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*