Home / Feature Breaking news / साउने वर्षाले छेकेन चुनावी प्रचारलाई

साउने वर्षाले छेकेन चुनावी प्रचारलाई

घोराही, २९ साउन
दाङ जिल्ला उद्योग वाणीज्य संघको साउन ३१ गते हुने निर्वानकालागी चुनावी प्रचारमा रहेको प्रजातान्त्रीक प्यानलले प्रचारप्रसार कार्यक्रम आज आईतवार पनि भएको छ । प्रजातान्त्रि प्यानलको चुनावी प्रचारलाई लगातारको वर्षाले छेकेन ।

P
अध्यक्ष पदका उमेद्वार मञ्जु बज्राचार्य सहितको उमेद्वार टोलीले दिनभर घोराही बजारका विभिन्न स्थानमा गएर मत मागेका छन् ।
लगातारको वर्षाका कारण घोराही बजारबाहेकका स्थानमा पुग्न नसकेको र बजार क्षेत्रमा प्रचारप्रसार गरिएको महासचिव पदका उम्ेद्वार नरेश कार्कीले जानकारी दिनुभयो ।

व्यवसायिक हकहित, व्यक्तिगत रुपमा विनादर्ता हुने अवैध व्यापार लाई निरुत्साहित गर्ने, हप्ताको एक दिन व्यवसाय बन्दलाई शतप्रतिशत कार्यान्वयनमा ल्याउने, दाङलाई प्रादेशीक राजधानी बनाउन पहल गर्ने, व्यवसायीले भोग्दै आएको मिसम्याच र अन्डरविलिङको समस्या समाधानमा लाग्ने, बजारको फोहोर व्यवस्थापनमा वर्तमान समयमा देखिएको समस्यालाई सम्बन्धित क्षेत्रसँग समन्वय गरी समाधान गर्ने, घरधनी र घर बहालवालाबीच देखिने समस्याहरुलाई समन्वय गरी उपयुक्त न्यायिक र वैज्ञानिक समाधान गर्न पहल गर्ने, पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटक भित्र्याउने कार्यक्रमलाई प्राथमिकता दिने, बहुउद्देश्य सभाहल सम्पन्न गर्ने, कोइलाबास सडक र नाका सञ्चालनमा पहल गर्ने, सम्पूर्ण व्यवसायीहरुलाई उद्योग वाणिज्य संघको दायरामा ल्याउने, औद्योगिक क्षेत्र सञ्चालनमा पहल गर्ने, घोराही–मुर्कुटी–प्यूठान सडकखण्ड स्तरोन्नति गरी सञ्चालनमा ल्याउन पहल गर्ने, राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने लगायतका प्रतिवद्धताका साथमा चुनावी मैदानमा रहेको प्रजातान्त्रिक प्यानलका उमेद्वारहरु घर र पसलमै पुगेर मत मागिरहनुभएको छ ।

प्रजातन्त्रीक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणीज्य उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहनुभएको छ । यस्तै सदस्यहरुमा उाद्योग सदस्य टंकप्रसाद पोख्रेल(कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणीज्य सदस्यमा मिनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल(विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहनुभएको छ ।

यसैवीच संयुक्त प्यानल पनि चुनावी प्रचारमा रहेको छ । अध्यक्ष पदका उमेद्वार नारायण भुषाल सहितको टोलीले आईतवार पनि प्रचार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*