Home / Feature Breaking news / एसपी गणेश चन्द सम्मानित

एसपी गणेश चन्द सम्मानित

घोराही, ६ असार

कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चनद सहति प्रहरीहरुलाई जिल्ला प्रशासन कार्यालय दाङले सम्मान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आईतवार एक कार्यक्रमको आयोजना गरि एसपी चन्द सहित प्रहरी अधिकृत एवं प्रहरीहरुलाई सम्मान गरेको हो ।

विश्वभर महामारीको रुपमाफैलिएको कोभिड १९ नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न सक्षम भूमीका निर्वाह गरेको र जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै एसपी चन्दलाई सम्मान गरिएको छ ।

कोरोना महामारीमा कोरोना संक्रमीतको व्यवस्थापन, बिरामीहरुकोलागी अक्सीजन, सिलिण्डर व्यवस्थापन, संक्रमीतहरुको व्यवस्थापनकोलागि सम्बन्धीत अस्पताल तथा सरोकारवाला निकायहरुसँग महत्वपूर्ण समन्वयात्मक भूमीका निर्वाह गरेकाले उच्च प्रशंसा गर्दै एसपी चन्दलाई सम्मान गरिएको हो ।

आफूलाई सुम्पीएको जिम्मेवारीलाई उच्च प्राथमीकता दिई ईमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

एसपी चन्दसँगै प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरिक्षक झविन्द्र परियार, प्रहरी हवल्दार मानेन्द्र केसी पनि कोरोन महामारी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न भूमीका निर्वाह गरेकाले सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*