Home / Feature Breaking news / बालबालिकाकाे मनाेविज्ञान बुझेर अध्यापन गराउनुहाेस् : उपकुलपति लामिछाने

बालबालिकाकाे मनाेविज्ञान बुझेर अध्यापन गराउनुहाेस् : उपकुलपति लामिछाने

दाङ, ४ चैत्र ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् ।

घोराही उप महानगरपालिका वडा नं १८ मा रहेको राजविद्या पाठशालाको तेस्रो वार्षिक उत्सव तथा दीक्षान्त समारोहको उद्घाटन गदै उनले यस्तो बताएका हुन ।

बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उनले बताए । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उनले आग्रह समेत गरे । विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने समेत उनले बताए । ‘अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न हुँदैन’ उनले भने ।

यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी वढदै गएको समेत उनले बताए । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उनको भनाइ रहेको छ । ‘पहिले निजी क्षेत्रलाई नाफा कमाउने दृष्टिले मात्र हेर्ने गरिन्थ्यो अहिले परिवर्तन भएको छ ’ उपकुलपति लामिछानेले भने । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उनले बताए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले राजविद्या पाठशाला स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल टिकाजंग वि केले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । उनले विद्यालहरुलाई किताबको भारी बाेकाउने पक्षमा आफूहरु नरहेको बताए । विद्यार्थीहरुलाई विद्यालयमा नै देखाउने, सिकाउने र घरमा पुगेर होमवर्क दिने काम बन्द गराउने विद्यालयको सोच रहेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्याब्सनका घोराही उपमहानगरपालिकाका अध्यक्ष विरेन्द्र चन्द्र, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, अभिभावक विमला योगी लगायतकाले भनाइ राखेका थिए । विद्यालयका मन्टेश्वरी संयोजक शारदा सिजवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक गौरव बि क, विद्यार्थीहरु भविष्का केसी र सामना वस्नेतले गरेका थिए ।

कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार, प्रतियोगिताका विजेतालाइ पुरस्कार तथा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई दीक्षान्त समेत गराइएको थियो । विद्यालयका अहिले कक्षा ७ सम्म पढाइ हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*