Home / Feature Breaking news / प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्विप लगाउने

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्विप लगाउने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको हो । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकबाट समेत कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

संसदीय दलको बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय आजको निर्णय गरेको छ । तदनुरूप नेपाली कांग्रेस संसदीय दलले ह्विप जारी गर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*