Home / Feature Breaking news / मध्यपश्चिम प्रहरी वोडिङमा वास्केटवलको कोर्ट उद्घाटन

मध्यपश्चिम प्रहरी वोडिङमा वास्केटवलको कोर्ट उद्घाटन

दाङ, १५ कार्तिक
मध्यपश्चिम प्रहरी वोडिङ स्कुलमा वास्केट वलको कोर्ट निर्माण गरीएको छ । कोर्टको उद्घाटन प्रदेश नम्वर ५ का नेपाल प्रहरीका प्रमुख मिङमार लामाले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख लामाले खेलले वालवालिकाको विकासमा सहयोग पुग्ने भएकाले यो कोर्डले सहयोग पु¥याउने बताए ।

विद्यालयमा रहेका जिर्ण भवन नया निर्माणका लागि आफनो तर्फवाट सहयोग हुने लामाले कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले दाङमा खेल क्षेत्रमा विकास हुदै गएकाले विद्यालयमा कोर्टले वालवालिकाहरुलाई खेल क्षेत्रमा अगाडि बढ्न मदत पु¥याउने बताए ।

त्यस अवसरमा विद्यालयका कमाण्डर प्रहरी निरीक्षक दिपक मल्ले वास्केट निर्माणमा भएको खर्चका बारेमा जानकारी गराएका थिए । उनले वास्केटबल कोर्ट निर्माणकालागि ईट्टा व्यवसायी दाङक अध्यक्ष रोम वलीले १ लाख २ हजार २ सय बरावरको इट्टा, सोनापुर सिमेन्ट उद्योग प्रालिले ३३ हजार ७ सय ५० वरावरको सिमेन्ट र घोराही सिमेन्ट उद्योगले ६७ हजार ५ सय वरावरको सिमेन्ट प्रदान गरेका थिए ।

विद्यालयको आन्तरीक स्रोतवाट ३ लाख ७१ ह्जार ७ सय ३८ रुपैया खर्च गरीएको र विद्यालयका कार्यरत प्रहरीहरुले श्रमदान गरेको उहाँले जानकारी दिनुभयो ।

छात्रा प्रिती विष्टको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन प्राचार्य कृष्णार्जुन शाहले गरेका थिए ।

कार्यक्रमको सहजिकरण शिक्षक वलदेवराज पन्तले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*