Home / Feature Breaking news / राष्ट्रिय फुटबल खेलाडी छनोट प्रतियोगीता घोराही र तुलसीपुरमा हुनेः भरतपुर खेल मैदान तीव्र रुपमा मर्मत हुदै

राष्ट्रिय फुटबल खेलाडी छनोट प्रतियोगीता घोराही र तुलसीपुरमा हुनेः भरतपुर खेल मैदान तीव्र रुपमा मर्मत हुदै

दाङ, १५ कार्तिक
साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताको खेल घोराही र तुलसीपुरमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र दाङ जिल्ला फुटबल संघको रोहवरमा हुने राष्ट्रिय च्याम्पीयनसीप पुरुष फुटबल प्रतियोगीता घोराही र तुलसीपुरमा समान किसिमले हुने जिल्ला फुटबल संघ दाङले जानकारी दिएको छ ।

प्रतियोगिताको उद्घाटन तुलसीपुरमा हुने छ भने समापन अर्थात फाईनल खेल घोराहीमा हुने संघका जिल्ला अध्यक्ष भुपेन्द्रविक्रम थापा र महासचिव सुशील श्रेष्ठले विज्ञप्ती निकालेर जानकारी दिनुभयो ।

५ वटा विकास क्षेत्र र तीन बिभागीय टोली सहित ८ टिमको सहभागीतामा लिग चरणमा प्रतियोगीता हुने छ । कार्तिक मसान्त तिर हुने प्रतियोगीतामा सहयोग गर्नकालागि संघले विज्ञप्तीमार्फत जिल्लाका सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरेको छ ।

भरतपुर खेल मैदान व्यवस्थापन गरिदै
साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताका लागि घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको खेल मैदानलाई व्यवस्थापन गर्न सुरु गरिएको छ ।

मैदान व्यवस्थापनकालागि गठन भएको समितिले तीव्र रुपमा मैदानको मर्मतसंभार गरिरहेको समितिका सदस्य एवं फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ।

मैदान वरिपरी छेकवार (नाला) गरेर मैदान सम्याउने काम र पानी सिचाई गरेर घाँस उमार्ने काम भईरहेको पुनले जानकारी दिनुभयो । दाङका लागि यो प्रतियोगिता अवसर भएकाले सहयोग गर्न सम्पूर्ण दाङबासीमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*