Home / Feature Breaking news /  अवैध सुनसहित अमिलियाबाट ३ जना पक्राउ

 अवैध सुनसहित अमिलियाबाट ३ जना पक्राउ

दाङ,२२ असोज । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार दिउँसो देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना घोराहीका र एक जना बुटवलका व्यक्ति रहेका छन् ।

विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यायल दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरीले दाङमा अवैध सुन बरामद गरेको यो पहिलो घट्ना हो । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले अन्य विवरण खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*