दाङ,२२ असोज । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयलाई कोरोना संक्रमण देखिएको छ ।
फिभर देखिएपछि असोज २० गते स्वाव दिएका पाण्डेयलाई विहीवार कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणका क्रममा नगर प्रमुख पाण्डेयसहित उनका स्वकीय सचिवलगायतलाई कोरोना पुष्टि भएको २१ जनामा कोरोना संक्रमण देखिएको हो ।