रोल्पा,२२ असोज । आईटिएफ तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ टेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्त गरेको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको हो ।
प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाले तेक्वान्दो खेलको विकासका लागि दीपक विकलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको रोल्पा आईटिएफ टेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिएका छन् । संघले दोस्रो डान तेक्वान्दोका प्रशिक्षक विकलाई करारमा प्रशिक्षक नियुक्त गरेको हो ।
प्रशिक्षक विकले गोवा आईटिएफ टेक्वान्दो एकेडेमीमा २ वर्ष प्रशिक्षको जिम्मेवारी सम्हालिसकेका छन् । विकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता समेत हुन । उनले तेह्रौ साउथ एन्ड व्यक्त भारत आमन्त्रित आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा (५१–५७) केजी उमेर समूहमा तेस्रो स्थान प्राप्त गरेका थिए भने चौथो दक्षिण एसियायी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए ।
पाचौं दक्षिण एसियायी आमन्त्रित आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०१६ मा (५१–५७) तौल समूहमा दोस्रो स्थान हासिल गरेका विक राष्ट्रिय रेप्रिी समेत हुन । २०६८सालमा रोल्पामा स्थापना भएको आईटिएफ टेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
तेक्वान्दो खेलको विकास र विस्तारका लागि केही डोजाङहरुमा प्रशिक्षक विकले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठामगरले जानकारी दिएका छन् ।
RaptiSandesh RaptiSandesh