Home / Feature Breaking news / लकडाउन सकिएको हो, कोरोना होईन !

लकडाउन सकिएको हो, कोरोना होईन !

दाङ, १७ साउन

कोरोना भईरसको संक्रमणबाट बच्नकालागी प्रहरीले सर्वसाधारणहरुलाई सचेत बनाउन सुरु गरेको छ । कोरोना भईरसका कारण गरिएको लकडाउन खोलिएपनि संक्रमणको जोखीम कायम नै रहेकाले समुदायसँगको सहकार्यमा प्रहरीले सर्वसाधारणहरुलाई सचेत बनाउन थालेको हो ।

शुक्रवार प्रहरीले सडकमा विभिन्न सचेतनामूलक प्ले कार्डहरु प्रर्दशन गरेको थियो । शनिवार पनि प्रहरीले घोराहीका धेरै भिडभाड हुने मुख्यमुख्य चोक तथा स्थानहरुमा चेतनामूलक फ्लेक्स ब्यानरहरु राखेको छ । शनिवार विहान सडकमा ब्यानर एवं चेतनामूलक प्लेकार्डहरु पर्दशन पनि गरिएको थियो ।

20200801_084736

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनतरगत जिल्ला प्रहरी कार्यालय दाङसँगको सहकार्यमा तयार पारेको ब्यानरहरु घोराहीका विभिन्न चोक तथा स्थानहरुमा राखीएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुन, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय र वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक दिनेश रिमालले घोराही चोकमा ब्यानर राखेर अभियानको सुरुवात गर्नुभएको थियो ।

20200801_082521

ब्यानरमा ‘तपाईको मास्क खोई, यस एरियामा मास्क बिना हिड्न मनाही छ, लकडाउन सकिएको हो कोरोना होईन, त्यसैले मास्कको अनिवार्य प्रयोग गरौँ, साबुनपानीले मिचीमीची हात धोऔँ वा सेनिटाईजरको नियमीत प्रयोग गरौ, सामाजिक दुरी अनिवार्य कायम गरौँ, कुनै स्वास्थ्य समस्या देखीएमा स्वास्थ्य संस्थामा जाऔँ, कोरोना भाईरसको संक्रमणबाट आफूपनि बचौँ अरुलाई नि बचाऔँ, स्वास्थ्य नै ठुलो धन हो’ लेखीएको छ ।

20200801_084538

ब्यानरहरु घोराहीको मुख्य घोराही चोक, दामोदर चोक, ट्राफिक चोक, सहिद गेट, बसपार्क, जिल्ला प्रशासन कार्यालय चोक, दिपदिखा चोक, गुलरिया चोक, जिल्ला प्रहरी कार्यालयको गेट लगायतका स्थानमा ब्यानरहरु राखिएको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

लकडाउन खुलेसँगै मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने जस्ता क्रियाकलापहरु बढ्न थालेपछि सचेत बनाउनकालागी चेतनामूलक ब्यानरहरु राखिएको उहाँले जानकारी दिनुभयो । ‘लकडाउन खुलेपछि मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने जस्ता क्रियाकलापमहरु बढ्न थालेपछि चेतनामूलक ब्यानरहरु राखेका हौँ’ उनले भने–‘यस ब्यानरको मास्क लगाउन, सामाजिक दुरी कायम गर्न सचेत बनाउने छ ।’

20200801_083522

पहिलो चरणमा सचेतनामूलक सन्देशहरु ब्यानरमार्फत राखीएको र त्यसपछि व्यवसायीहरुसँग पनि यस विषयमा छलफल गरिने सामुदायिक प्रहरी सेवा केन्द्रले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*