नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघविच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा तथा ५३ औ स्थापना दिवसको अवसरमा आयोजित व्यवसायीहरुविच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा सुन्यका विरुद्ध दुई गोल गर्दै पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको हो । पत्रकार महासंघको तर्फबाट सविन प्रीयासन र बाबुराम पाण्डेले एक/एक गोल गर्नुभएको थियो । खेलकुदका माध्यमबाट पत्रकार र उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिएका छन ।
त्यसैगरी अर्काे खेलमा राप्ती अञ्चल अटो इनजीनियरीङ एशोसियसन दाङ शाखा विजयी भएको छ । प्रतियोगिताको फाइनल खेलमा १ का विरुद्ध ४ गोलले अटो व्यवसायी समिति विजयी भएको कार्यक्रम संयोजक माधव खनालले जानकारी दिएका छन् । फाइनल खेल रेडिमेट फेन्सी व्यवसायी र राप्ती अञ्चल अटो इन्जिनियरीङ एशोसियसन दाङ शाखाविच भएको थियो । फेन्सी व्यवसायीले १ गोल गरेका थिए भने अटो व्यवसायीले ४ गोल गरेका थिए । संघमा आवद्ध विभिन्न बस्तुगत समितिबीच नक आउट चरणमा प्रतिष्पर्धा गरेका थिए । संघका पुर्व अध्यक्ष माधवप्रसाद शर्माले रेफ्रीलाइ वल हस्तान्तरण गरेर खेलको सुरु गरिएको हो ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका निर्वतमान सदस्य धुर्वराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागिहरुलाइ धन्यवाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले दिएका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।