Home / Feature Breaking news / कम्प्युटर साक्षर अभियान अन्तरगत सनलाईटद्वारा विद्यार्थीलाई प्रमाणपत्र वितरण

कम्प्युटर साक्षर अभियान अन्तरगत सनलाईटद्वारा विद्यार्थीलाई प्रमाणपत्र वितरण

घोराही, ४ चैत
घोराहीमा रहेको सनलाईट कम्प्यूटर ईन्ष्टिच्यूटले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । इन्ष्टिच्युटले शनिवार घोराही एक कार्यक्रमको आयोजना गरि छात्रवृति कार्यक्रम अन्तर्गत १ बर्षे PDICA (Professional Diploma in Computer Application)अध्ययन गरि परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । त्यस अवसरमा उतिर्ण हुने विद्यार्थीहरुलाइ प्रमाणपत्र वितरण गर्दै बिदाई गरिएको थियो भने नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । राइटस्टेप एजुकेशन एकेडेमी कपिलवस्तु दाङ शाखामा अध्ययन गरेका विद्यार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस अवसरमा २०७८ मा कम्प्यूटर कक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । प्रथम हुने सलिमा चौधरी, द्धितीय हुने बिजय बुढामगर र तृतीय हुने मना चौधरीलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो । त्यस अवसरमा डेढ सय बढि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

राइटस्टेप एजुकेशन एकेडेमीका प्रमुख दिपेन्द्र पौडेलको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के. शीतलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समयको माग अनुसार कम्प्यूटर शिक्षामा पनि आफूलाई अपडेट गर्न आवश्यक भएको बताएका थिए । सनलाइट कम्प्युटर ईन्स्च्यूटका प्रशिक्षक गेहेन्द्र कँवरले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राइटस्टेप एजुकेशन एकेडेमीका प्रमुख दिपेन्द्र पौडेलले नेपालका ६० जिल्लाबाट करिब ४० हजार विद्यार्थीहरुले छात्रवृत्ति योजनामा सहभागी हुने गरेको र चाँडै नै कम शुल्कमा न्यून आए भएका विद्यार्थीहरुले पढ्न सक्ने गरी कलेज सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत समेत गरेका थिए । सनलाईट कम्प्यूटर दाङ जिल्लाकै सबैभन्दा बढी बिद्यार्थीहरुलाइ कम्प्युटर सम्बन्धी तालिम प्रदान गर्ने संस्था भएको सञ्चालक कुवरले बताउनुभयो ।

घोराहीमा रहेको सनलाइट कम्प्युटर ईन्स्च्यूटमा बार्षिक ४ सय बढी विद्यार्थीहरुले तालिम लिने गरेको ईन्स्च्यूटका प्रमुख प्रमिला डाँगीले जानकारी दिनुभयो । कम्प्युटरका सामान्य कोर्ष देखि एडभान्स कोर्षसम्म पढाइ हुने, कोर्षमा छात्रबृत्ति प्रदान गर्ने र हरेक बर्ष छात्रबृत्ति परीक्षा सञ्चालन गरी विद्यार्थीहरुले प्राप्त गरेको अंकको आधारमा सम्पूर्ण विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको डाँगीले बताउनुभयो । ईन्स्च्यूटमा १ बर्षे कम्प्युटर कक्षामा सम्पूर्ण कोर्षहरु अध्यापन गराउने र परीक्षा प्रणालीमार्फत प्रमाणपत्र प्रदान गर्ने गरेको छ । ईन्स्च्यूटमा प्रयोगात्मक तथा सैद्धान्तिक दुबै पढाइ हुने गरेको र हालसम्म सयौँ विद्यार्थीहरु लोकसेवा मार्फत सरकारी सेवामा र अन्य रोजगारीमा जोडिनुभएको प्रशिक्षक गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*