Home / Feature Breaking news / नारायणपुरको सरोकारका विषयमा अन्तरक्रिया

नारायणपुरको सरोकारका विषयमा अन्तरक्रिया

नारायणपुर, ४ चैत

नारायणपुर क्षेत्रका सरोकारका विषयमा बृहत अन्तरक्रिया कार्यक्रमा सम्पन्न भएको छ । सचेत युवा सञ्जाल नारायणपुरको आयोजनामा कार्यक्रम भएको हो । नारायणपुर क्षेत्रको सरोकारका विषयमा छलफल गर्नकालागी आयोजना गरिएको कार्यक्रममा जनसरोकारका विषयमा छलफल भएको थियो ।

सचेत युवा सञ्जाल नारायणपुरका सदस्य बसन्त बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपलिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यमा भयको कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधी एवं अन्य सरोकारवालाहरुसँग प्रश्न राखेका थिए । सरकारी कार्यालय व्यवस्थापन, स्वास्थ्य चौकीको व्यवस्थापन, ईलाका प्रहरी कार्यालयको भवन निर्माण लगायत सामाजिक विषयमा छलपल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका १० का अध्यक्ष दिपक पाण्डेले वडा कार्यालयले नारायणपुर बजार क्षेत्र र समग्रमा १० नम्बर वडाको विकास र समृद्धिकालागी काम गरिरहेको बताउनुभयो । वडाबासीलाई सहज तरिकाले कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा वडा कार्यालयले गम्भीर रहेको बताउनुभयो । मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले शैक्षिक सुधारकालागी विद्यालयले काम गरिरहेको बताउदै पछिल्लो समय विद्यालयमा धेरै शैक्षिक एवं भौतिक विकास भएको बताउनुभयो । विद्यालयमा केही समस्या र आवश्यकता भएमा सबै सरोकारवालाहरुसँगको सहभागीमा व्यवस्थापन गर्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले महान् उद्धेश्यकासाथ स्थापना भएको सचेत युवा सञ्जाल नारायणपुरलाई युवाहरुको नेतृत्व विकाससँगै सामाजिक कार्यहरुमा लाग्न सुझाव दिनुभयो । ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख प्रहरी नायव निरिक्षक गोपाल चन्दले शान्ति सुरक्षाको क्षेत्रमा प्रहरी २४ घण्टा खटिरहेको र आवश्यकता अनुसार सर्वसाधारणहरुले पनि प्रहरीलाई सहयोग गरेर सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा विजय के.सी, सागर खनाल, असीम भुषाल, सुदन डाँगी, यमानन्द जि.सी, बसन्त न्यौपाने लगायतले जिज्ञाशा राख्नुभएको थियो । सचेत युवा सञ्जाल नारायणपुरका सदस्य श्रीधर न्यौपानेले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजिकरण सदस्य शिव श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*