घोराही, १६ साउन
घोराही बजारमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक नियम विपरित बजार क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरुलाई पक्राउ गरिएको हो ।
आईतवार राप्ती सन्देश अनलाईनमा ‘ट्राफिक नियम जान्दैनन् या जान्दैनन्ः न्यू रोडमा मनपरि पार्किङ’ शीर्षकको समाचार प्रकाशीत भएसँगै प्रहरीले अव्यवस्थित पार्किङ रोक्न सक्रीयता देखाएको थियो । घोराही बजारको न्यू रोड, बैंक रोड, लगायत विभिन्न स्थानमा नियम विपरित पार्किङ गरिएका सवारी साधनहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
अन्य सवारी साधन एवं पैदल यात्रुहरुलाई असर पर्ने गरि अव्यवस्थित रुपमा पार्किङ गरिएका ना ४ ख ८८९६ नंम्बरको ट्रक, रा.१ च. ४७६ नम्बरको जिप, ३३०६ नम्बरको जिप, रा ३ प.७४७८ नम्बरको १५० सीसीको पल्सर मोटरसाईकल र रा ३ प ८८९६ नम्बरको २२० सिसीको मोटरसाईकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखीएको प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सवारी साधनहरुलाई सवारी ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।