Home / मनोरञ्जन / लोकदोहोरी गायक प्रेमको तीज गीत ‘दैला मुनी’ (भिडियो सहित)

लोकदोहोरी गायक प्रेमको तीज गीत ‘दैला मुनी’ (भिडियो सहित)

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा नेपाली संगीत बजारमा जीत गीतको सिजन छ । आजभोली जताततै तीज गीतहरु घन्कीरहेका हुन्छन् । हरेक वर्ष झै तीजको रौनकता सुरु भएको छ । तीज पर्वलाई विशेष पर्वका रुपमा गीतले रौकनता थप्छ । अन्य पर्व भन्दा यो पर्वमा गीतको विशेष महत्व रहने गर्दछ । तीज गीतहरुको भिडमा सबैले फरक फरक गीत बजारमा ल्याईरहेका छन् ।

Prem Oli Song Teej Song.Still060

लोकदोहोरी गायक प्रेम वलीको यसवर्षको तीज गीत पनि बजारमा आएको छ । ‘दैला मुनी’ बोलको तीत गीत बजारमा घन्कीरहने गीत हो । जुन गीत लोकदोहोरी गायक प्रेम वलीको हो । दैलामूनी बोलको यो गीत सबैको रोजाई बनेको छ । गायक वलीसँगै गायीका शान्ती पीएमको स्वर रहेको छ । यस गीतमा काकरीको झाल, करेलीको झाल, चिचीन्नाको झाल लगायत विभिन्न तरकारीको झालहरुको कुरा गरिएको छ । दैलामुनी झालसँगै यो गीतमा मायाको वार्तालाप रहेको छ ।

Prem Oli Song Teej Song.Still044
गीतमा गायीका शान्ती पिएमले भन्छीन्ः
कोहीले गीत गाउ तीजका कोहीले बजाउ ताली
धित मारेर हेर नाच्ने हो यसपाली
कम्मर मर्काई नाचिए यै साल बरिलै
उफ्री उफ्री नाचे घुमीघुमी नाचे यै साल बरिलै

Prem Oli Song Teej Song.Still047
तीजमा बासुरी र मादलको तालमा नाच्नकालागी अनुरोध गर्दै प्रेमले शान्तीलाई भन्छन्ः

बासुरी धुनसँगै मादलुको घन्को छ
चारैतिर गाँउमा तीजकै रनको छ
कम्मर मर्काई नाच यै साल बरिलै
उफ्री उफ्री नाचे घुमीघुमी नाचे यै साल बरिलै

Prem Oli Song Teej Song.Still039

यसै सालको तीजमा नाच्नकालागी शान्तीलाई अनुरोध गर्दै उनले तीजमा सबेको माझमा छमछम् नाच्न अनुरोध गर्दछन् ।गायक वलीको यसवर्षको तीज गीत सबैको रोजाई बन्दै गएको छ । यसवर्षको उत्कृष्ट गीतमध्य यो गीत पनि रहेको छ । जुन सबै स्रोता दर्शकको रोजाईको गीत बनेको छ ।Prem Oli Song Teej Song.Still059

प्रेम वलीको शब्द तथा लय रहेको यस गीतको विशेष सहयोगीमा कल्पना वली रहके छिन् । एओन मुभी मेकर्स प्राली दाङले दृष्य निर्माण गरेको यस गीतमा अमृतमान .वलीको निर्देशन र छायांकन, मञ्जु विसीको कोरियोग्राफी, सुष्मा वलीको सम्पादन रहको छ । जुन गीतको दाङको विभिन्न स्थानमा छायांकन गरिएको हो । गीतमा वर्षा वली, दिलीप अञ्जान, प्रेम वली र ममता पोख्रेलको अभिनय रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*