दंगाली नव गायक एवं मोडल प्रकाश पुनको तीज गीत बजारमा आएको छ । सञ्चारकर्मी समेत रहेका प्रकाशको यसवर्षको तीज गीत ‘नाच्छे एक नम्बर’ बोलको तीज गीत बजारमा सार्वजनिक भएको छ । छोटो समयमै आफूलागी गतिसंगीतमा चिनाउन सफल वहुप्रतिभाशाली गायक एव. मोडल प्रकाशको तीज गीत एओन मुभी मेकर्स प्रा.लिद्धारा बजारमा सार्वजनिक भएसँगै बजार तताएको छ ।
एओनको उत्कृष्ट छायांकन एवं सम्पादनसँगै यो गीतले चर्चा बटुल्न थालेको हो । एकले अर्काको नाचको चर्चा यो गीतमा गरिएको छ । गीतमा गायक प्रकाशले गायीका रुपालाई नाच एक नम्बर भएको बताईरहदा गायीका रुपाले प्रकाशको नाच नै एक नम्बरको रहेको बताउछिन् । सबैले रुचाउने नाच आफ्नो संगीको भएको भन्दै गीतमा एक आपसमा गुनगान गाईएको छ ।
एओन मुभी मेकर्स प्रा.लिको प्रस्तुतिमा बजारमा आएको यो गीतमा प्रकाश पुन र रुपा जि.एमको स्वर, धनसिंह केसीको शब्द÷लय, तिलक वलीको एरेञ्ज रहेको छ । गामवेशी म्यूजिक प्रा.लिमा रेकर्ड भएको गीतमा अमृतमान वलीको निर्देशन, सुस्मा वलीको सम्पादन, भिमसेन कल्यालको छायांकन, विक्की र मेघराजको कोरियोग्राफी रहेको छ ।
गीतको दृष्य निर्माण एओन मुभी मेकर्स प्रा.लिले गरेको हो । जसमा प्रकाश पुन, ममता पोख्रेल, कृष्ण डाँगी र सुरक्षा सेर्पाइलीको अभिनय रहेको छ । सञ्चारकर्मी प्रकाशलाई सांगितीक क्षेत्रमा सफलताको शुभकामना ।।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः