नेपाली सांगीतीक क्षेत्रका एक नव प्रतिभाशाली प्रतिभा हुन् गायीका रितीका कुवर । दंगाली गायीक रितीकाको ती गीत बजारमा आएको छ । हरेक वर्ष तीज गीत लिएर दर्शक स्रोतामाझ आउने रितीकाले यसवर्षको तीज गीत ‘दुःख पाईस मंगले आफ्नै ढंगले’ बोलको तीज गीत बजारमा आएको छ ।
लोकदोहारी गायीका रितीकाको यसवर्षको तीज गीत सबैले रुचाएको गीत हो । तीजमा नाच्दा नाच्दै पल्टीएको कुरा गर्दै गतिमा भनिएको छ– ‘दुःखजति सल्टो, हेरहेर पातली नाच्दानाच्दै फुल्लुंगे पल्ट्यो’ । गीतमा बाजी लागेर नाच्दा पल्टीएको विषयलाई गतिमा समावेश गरिएको छ ।
शबनम फिल्मस् एण्ड कला केन्द्रको प्रस्तुतिमा रितिका कुवरको तीज गीतमा खुमन अधिकारी र रितिका कुवरको स्वर रहेको छ । जसमा शब्द तथा लय खुमन अधिकारीको छ । चलचित्र छक्का पञ्जामा बुढाबुढीको भूमीकामा खेलेका बुद्धिमान (हैट) र अरुणको हास्य प्रस्तुति रहेको छ भने दिपेश थापा, भर्जुन (भगेरी डन), विनु र आकृतिको अभिनय रहेको छ ।
पवन गौतमको छायांकन, अधिनायकमान शेरचनको सम्पादन, सरोज रोशन भट्टराईको निर्देशन रहेको गीतको म्यूजिक भिडियो अहिले बजारमा रुचाईएको छ । गीत सार्वजनिक भएको केही दिनमा नै यो गीत सबेको रोजाई बनेर उत्कृष्ट बनेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः