घोराही, ९ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा १ करोड बढि दान संकलन भएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को सातौँ दिनसम्म १ करोड १५ लाख दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।
महायज्ञको सातौँ दिन वुधवार ४९ लाख दान संकलन भएको छ । वुधवार ४९ लाख ३५ हजार २ सय ३३ रुपैया दान संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो । जसमा आयोजक मावि सेवार बनगाँउ विद्यालयका शिक्षक कर्मचारीहरुले ७ लाख ६० हजार ७ सय ६२ रुपैया दान गरेका छने् ।
यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १६ का केवल खत्रीले ५ लाख ५६ हजार १ सय ११, घोराही १४ का देवा गिरी र ईन्दिरा गिरीले २ लाख २ हजार २ सय २ रुपैया, सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १ लाख २५ हजार ५ सय ५, घोराही १३ का गणेशकुमारी गिरीले १ लाख ११ हजार १ सय ११, घोराही १३ का युवराज आचार्यले १ लाख ५१ हजार १ सय ५० रुपैया, घोराही १५ का भोजराज पाण्डे, बासुदेव पाण्डे र समीर पाण्डेले १ लाख ५ हजार ५ सय ५, घोराही १३ का झग्गी गिरी र कमला गिरीले १ लाख १ हजार ५ सय ५ गर्नुभएको छ ।
यसैगरी घोराही १५ का शिवप्रसाद घिमीरेले १ लाख ५५ हजार ५ सय १५, घोराहीका मित्रलाल भण्डारीले १ लाख १ सय ११, घोराही १५ का देवकुमारी श्रेष्ठले ५० हजार १ सय ५, घोराही १३ का नरेश हमाल र पद्मा हमालले ५१ ह्जार ५ सय ५५, घोराही १३ का रविलाल घर्तिले ४१ हजार, घोराही १६ का केशरबहादुर केसीले ५१ हजार ५ सय ५५, घोराही १३ का विष्णुप्रसाद शर्मा, घोराही १३ का रेशमबहादुर घर्ति र खीमाकुमारी घर्तिले ५५ हजार ५ सय ५५ रुपैया दान गरेको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।
यसैगरी घोराही १६ का हेमन्तकुमार पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघले ३५ हजार ५ सय ५५, घोराही १३ का मिनु गिरीले २५ हजार ५ सय ५५, घोराही १३ का मदन केसी र मनोज केसीले २५ हजार १ सय १, पद्मोदय पब्लीक मावि भरतपुरले २१ ह्जार ५ सय, नयाँ युगवोध राष्ट्रिय दैनिकले २१ हजार ५ सय रुपैया दान गर्नुभएको गिरीले जानकारी दिनुभयो ।
वुधवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ घर भई हाल घोराही १४ निवासी मदनदेव गिरी र तारा पुरी गिरीले ५ लाख ५५ हजार ५ सय ५५ बारबरको जग्गा दान गरेको भूमीदान व्यवस्थापन तथा मूल्यांकन उपसमितिका संयोजक देर्लभ केसीले जानकारी दिनुभयो ।
महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । उहाँको लयात्मक कथा सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । यसका साथै लीला तथा संगीतमय कलाकारहरुले आफ्नो प्रस्तुतिमा दर्शकहरु रमाउने गरेका छन् ।
महायज्ञमा नेपाल स्काउट दाङजिल्ला समिति, स्काउट पद्मोदय पब्लीक मावि भरतपुर, बराहक्षेत्रमा मावि सेवार बनगाँउ, बाल विकास स्काउट, गुरुकुल लीयो क्लबहरुले स्वयम्सेवकको काम गरिरहेको स्काउटका जिल्ला आयुक्त कमला लम्साल भारतिले जानकारी दिनुभएको छ ।
वुधवार जेष्ठ नागरिक पूजन
महायज्ञमा साताँै दिन वुधवार जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । महायज्ञमा उपस्थित ६० वर्षभन्दा माथीका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई पूजन सँगै विशेष सम्मान गरिएको थियो ।
करिब ५० भन्दा बढि जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । यस्तै सातौँ दिन वुधवार विभिन्न क्षेत्रका महिला अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।
एक करोड दीप प्रज्वलन गरिने
महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने भएको छ । महायज्ञको आठाँै दिन विहीवार एक करोड दीप प्रज्वलन गरिने आयोजकले बताएको छ ।
विहीवार महायज्ञ स्थलमा अपराह्न ४ बजे दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । देशमा शान्तिको कामना गर्दै पितृहरुको सम्झनामा दीप प्रज्वलन गरिने योगीले बताउनुभयो ।
एक हजार ८ कन्या पूजन गरिने
महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार एक हजार आठ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ ।
शुक्रवार विहान ७ बजेदेखी कन्या पूजन गरिने आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तिले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण अभिभावकहरुलाई आफ्ना कन्याहरुलाई उक्त पूजन कार्यक्रममा सहभागी गराईदिनुहुन अनुरोध गर्नुभएको छ ।