Home / Feature Breaking news / दंगालीको पीडा– ‘उडायो हवाई सपना हुरीले…’

दंगालीको पीडा– ‘उडायो हवाई सपना हुरीले…’

बालाराम खड्का
दाङ, ६ भदौ
‘उडायो हवाइ सपना हुरीले…’ तुलसीपुर उपमहानगरपालिका घुसेरीकी रेखा केसीको अभिव्यक्ति हो यो, जो आफ्नो गर्भको बच्चा शल्यक्रिया गरी निकाल्नका लागि काठमाडौं पुग्न भैरहवा विमानस्थल रोज्न बाध्य हुनुप¥यो ।

रेखा जस्तै घोराहीकी राधा पौडेलले पनि जुम्ल्याहा बच्चालाई सुरक्षित रुपमा जन्माउन नेपालगञ्ज विमानस्थल हुँदै राजधानी पुग्नुप¥यो । रेखा र राधा प्रतिनिधि पात्रमात्रै हुन्, यस क्षेत्रका दर्जनौ विरामी तथा व्यवसायीहरुको हवाई गन्तव्य नेपालगञ्ज र भैरहवा विमानस्थल बन्न पुगेको छ ।

विमानस्थल नभएर होइन, विमान नभएर यस्तो समस्या पटक–पटक दोहोरिँदै आउने गरेको छ । फेरि किसानहरुले मौका पाएका छन्, विमान स्थलमा गाई–बाख्रा चराउने । गौचरणमा परिणत भएको छ, तुलसीपुरको विमानस्थल ।
दाङवासीको हवाई सपना अपूरो भएको छ । दङालीवासीको हवाई सपना उडायो सबै हावा हुरीले भने जस्तै भएको छ । झगुप्रसाद आचार्यको पालामा २०११ सालामा स्थापना भई २०१६ सालदेखि नियमित उडान शुरु गरेको टरिगाउँ विमानस्थल हाल गौचरणमा परिणत भएको छ ।

२०१६ सालदेखि उडान शुरु भई २०४२ सालमा विविध कारणले बन्द भएको थियो । त्यसपछि ०६० सालमा फेरि स्थानीयको पहलमा विमान स्थल सञ्चालनमा आएको थियो । त्यसैगरी ०६६ सालमा पूर्णबन्द भएको विमान स्थल तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा २०६८ सालदेखि नियमित हप्तामा दुईपटक उडान भर्दै आएको थियो ।

त्यो पनि बन्द भएपछि स्थानीय निकायका जनप्रतिनिधि आएपछि तुलसीपुर उपमहानगरपालिकाले फेरि २०७४ पुसमा विमान हप्तामा दुईपटक नियमित उडान गराउने सहमति गरे पनि सो सहमति धेरै दिन टिकेन । बाजागाजासहित पहिलो पटक पुनः सञ्चालनमा आएको विमानको भाडा बढेको वहानामा फेरि सेवा बन्द भयो ।

समिट एयरको निजी विमान कम्पन्नीसँग सम्झौता गरी हप्तामा दुई दिन उडान भरेपछि यहाँका स्थानीयहरुमा केही आशा पलाएको थियो । तर दुई–तीन महिना नवित्दै सो सेवा पनि बन्द भयो ।

अहिले यहाँका यात्रुहरु नेपालगञ्जबाट विमान सेवा लिन बाध्य भएका छन् । पछिल्लो चरणमा तुलसीपुरको टरिगाउँमा रहेको विमान स्थल कालोपत्रे सम्पन्न भएको थियो । सरकारले दिएको बजेटको सीमामा निश्चित क्षेत्रमा धावनमार्ग कालोपत्रे पनि सम्पन्न पनि भएको छ ।

तर सो विमान स्थलमा नियमित उडानको विषयमा भने अझै अन्योल छ । नेपाल वायु सेवा निगम तथा निजी कम्पनीका साना जहाज मात्रै अवतरण हुने गरी धावनमार्गको स्तरोन्नति भएको छ ।

        तर नेपाल वायु सेवा निगमसँग पर्याप्त विमान नै छैनन् भने निजी कम्पनीहरुले पनि यहाँ हवाई सेवा सुचारु गर्ने विषयमा हिचकिचाउने गरेका कारण पनि यो विमान स्थल सुचारु हुनेमा अझै अन्योल छ ।

        ‘धावनमार्ग फराकिलो गराउने सन्दर्भमा यस अघि नै धेरै बहस भएका थिए, तर नेपाल वायुसेवा निगमको टुविनअर्टर विमान बाहेक अन्य निजी कम्पनीका जहाज बस्ने अवस्था छैन’–एक हवाइ प्राविधिकले भने– ‘धावन मार्ग अझै कम्तिमा तीन सय मिटर फराकिलो बनाए अन्य निजी कम्पनीका विमानहरु समेत सहज रुपमा यहाँ सेवा दिन तयार हुने छन् ।

        धावन मार्ग कालोपत्रे सम्पन्न भएको टरिगाउँमा रहेको विमान स्थल स्तरोन्तिका लागि सरकारले १० करोड ५० लाख बजेट छुट्टाई विमान स्थलमा ७ सय ५० मिटर कालोपत्रेको काम सकिए पनि त्यत्तिमा मात्र विमानहरु अवतरण हुने सम्भावना न्यून हुँदै गएको बताउँदै आएको छ । तर राज्यको लगानी भने बालुवामा पानी हालेजस्तै भएको छ ।

धावनमार्ग हाल सात सय ५० मिटर मात्र कालोपत्रे भएकोमा त्यसमा नेपाल वायुसेवा निगमको टुइनअर्टर विमान मात्र अवतरण हुने भएकाले नेपाल सरकारसँग सो विमान यो क्षेत्रमा उडान भर्न नसक्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

यस्तो अवस्थामा अन्य निजी विमान कम्पनीले पनि धावन मार्गको अपर्याप्तताका कारण उडान भर्न असमर्थता जनाएका छन् । न्यूनतम स्तरमा पनि धावनमार्ग नभएको अवस्थामा आफूहरु सो क्षेत्रमा उडान भर्न असम्भव प्रायः हुने पनि उनीहरुले बताएका छन् ।

        धावनमार्गको समस्यासँगै तुलसीपुरमा इन्धन डिपो नभएका कारण पनि निजी क्षेत्रहरुले यहाँ उडानको सम्भावनामा चासो देखाएका छैनन् । धावन मार्ग स्तरोन्नतिका क्रममा राज्यले दिएको लगानी नै अधुरो भएको देखिएको छ ।

राज्यले तुलसीपुरलाई राप्ती अञ्चलकै हवाई ट्राञ्जिट बनाउने सम्भावना रहेको अवस्थामा पनि धावनमार्गलाई अपूरो रुपमा दिएको ठेक्का प्रयोजनले राज्य संयन्त्र नै तुलसीपुरमा स्थापित रुपमा विमान स्थल सञ्चालन नहोस् भन्ने चाहेको पनि जानकारहरु बताउँछन् ।
यो विषयमा जिल्लाका राजनीतिक दलहरु समेत जानकार छन्, उद्योगी व्यवसायीहरु समेत जानकार छन्, अनि नागरिक समाजका पदाधिकारीहरु समेत ।

        केही दिन अघि तुलसीपुरमा भएको अन्तक्र्रिया कार्यक्रममा सभामुख कृष्णबहादुर महराले पनि नियमित विमान स्थल सञ्चालनमा ठूलै चलखेल भएको बताएका थिए । उनीले माफियाहरुको चलखेल पनि यसमा रहेको प्रष्ट पारेका थिए ।

‘यसमा विचौलियाहरुको पनि चलखेल छ, किनकी यहाँ विमान स्थल सञ्चालन भयो भने अन्य ठाउँमा हुँदैन’– उनले भने । उनले पनि यहाँको विमान स्थलको विकल्पमा अन्य विमान स्थल हुने कुरामा आफ्नो विमति रहेको बताएका थिए ।

        ‘धावन मार्गको स्तरोन्नति पूरा भयो, तर किन तुलसीपुरमा आएन जहाज’ यसको जवाफ उद्योगी व्यावसायी, राजनीतिक दलका नेता तथा अन्य कुनैलाई पनि जानकारी छैन । विमान स्थलको स्तरोन्नतिको अवस्थामा पनि तुलसीपुरको टरिगाउँ विमान स्थलमा जहाज अवतरण हुन नसक्नुले यो विमान स्थलको सञ्चालन नहुने हो कि भन्ने आशंका सिर्जना भएको पनि स्थानीयवासीले बताएका छन् ।

धावन मार्गको क्षेत्रफल कम भएको र विमान स्थलको स्तर बृद्धि हुनुपर्ने माग भए तापनि यसको कुनै सुनुवाई हुनसकेको छैन । पटक–पटक यहाँका राजनीतिक दल तथा उद्योगी  व्यापारीहरुले स्तर बृद्धिका लागि केन्द्रमा पहल गरे तापनि कुनै सुनुवाई भने हुनसकेको छैन ।

एक वर्ष अघि मात्र नागरिक उड्यन प्राधीकरणका महानिर्देशक सहितको टोलीले प्राविधिक टोलीले विमान स्थलको अध्ययन तथा अवलोकन गरेका थिए ।

        उनहीहरुले पनि हाल कालोपत्रे भएको सात सय ५० मिटर धावनमार्गमा साना खाले विमानहरु मात्र बस्ने र ठूला मझौलाखाले विमान सञ्चालनका लागि विमान स्थलको क्षेत्रफल बढाउनुपर्ने सुझाव दिएका थिए ।

विमान स्थलको अवलोकन गर्दै नागरिक उड्यन प्राधीकरणका प्राविधिक टोलीले विमान स्थलको धावनमार्गको लम्बाई नबढाएसम्म हाल कालोपत्रे भएको विमानको धावनमार्गमा साना टुइनअर्टर विमानहरु मात्र बस्ने बताएका थिए । विमान स्थलमा मझौलाखाले विमानहरु अवतरण गर्नका लागि कम्तिमा १५ सय मिटर धावनमार्ग आवश्यक उनीहरुले सुझाव दिएका थिए ।

मझौलाखाले तथा ठूला विमान बस्नका लागि कम्तिमा १८ सय मिटर आवश्यक पर्ने र १५ सय मिटर धावनमार्ग कालोपत्रे र ३ सय मिटर वरपर छाड्नुपर्ने प्राविधिकहरुले जानकारी गराएका थिए ।

        नेपाल वायुसेवा निगमको सानो विमान आए मात्रै तुलसीपुर विमानस्थल चल्छ भन्ने मानसिकतामा छन्, उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेताहरु । तर उनीहरुको चाहनाअनुसार नेपाल वायु सेवा निगमसँग यहाँ नियमित उडान भर्ने जहाजहरु नै छैनन् ।

हाल सञ्चालन भएका नेपालगञ्ज र अन्य क्षेत्रका विमान स्थलहरु १८ सय मिटर भएको बताएको छ । हाल टरिगाउँ विमान स्थलको दक्षिणतर्फको जग्गामा करिब एक सय मिटर बढाउन सकिने र अन्य जग्गा उत्तरमा व्यवस्थापन गनुपर्ने इञ्जिनियरहरु बताउँछन् ।

टरिगाउँ विमान स्थलको दक्षिणतर्फ रहेका जग्गा फिलिङ गर्न धेरै लगानी लाग्ने समेत प्राविधिकहरु बताउँदै आएका छन् ।

त्यसैगरी विमान स्थलको स्तर बृद्धिका लागि सानो बजेटले नपुग्ने देखिएपछि सो प्राविधिक टोलीले यसलाई राष्ट्रिय योजना बनाएर अगाडि बढ्न सुझाव दिएका थिए । तर, राष्ट्रिय योजनाको त कुरै छोडौं, यस वर्षको बजेटमा विमान स्थलको नामै परेन ।

यहाँ आउने जोसँगै राजनीतिक दल होस् वा राजनीतिक दलका नेताहरुले पहल गर्ने आश्वासन भने दिन छाडेका छैनन् ।

पटक–पटक सञ्चालनमा आउने तथा बीचैमा बन्द हुने विमान स्थलमा अन्य भौतिक संरचनाहरु भए पनि धावनमार्ग कालोपत्रे हुन नसक्दा नेपाल वायुसेवा निगमको १९ सिट भएका टुइनअर्टर विमान हप्तामा २ पटक उडान गर्दै आएको थियो । तर विमान स्थल कालोपत्रे भएपछि भने अहिले इन्धन
डिपो नहुँदा समस्या हुने भन्दै राज्य तथा निजी विमान कम्पनीहरुले उडान हुन नसेको बताउँदै आएका छन् ।

 इन्धन डिपोको लागि जग्गा पनि नभएको होइन, छ । तर यसतर्फ गम्भीर भने को हुने भन्ने अन्योल छ ।

पछिल्लो समयमा सरकारले विमान स्थलको लागि कुनै बजेट नछुटाउनु तथा यसको विकल्पमा नारायणपुरमा विमान स्थल बनाउने भन्ने विषयमा भने यहाँका स्थानीय सशंकित भएका छन् । भएको विमान स्थललाई छोडेर अर्को वैकल्पिक विमान स्थल बनाउने आफूहरुलाई मान्य नहुँदा भन्दै त्यहाँका जनता पनि आन्दोलित भएका छन् ।

‘भएको विमान स्थललाई छोडेर अन्यत्र बनाउनु राम्रो कुरा होइन, यसलाई पनि सुचारु गर्ने र अर्को स्थानमा ठूलो विमान स्थल बनाउने हो भने त्यसमा हामीलाई भन्नु केही छैन’ –स्थानीय कृष्ण गिरीले भने । तर यस विमान स्थललाई डोमेष्टिक र दाङमा अन्तर्राष्ट्रिय स्तरको तेस्रो विमान स्थल बनाउन सरकारले तयारी गरेको भन्ने कुरा पनि बाहिर आएको छ ।

यस्तै–यस्तै कुरामा यहाँका स्थानीय र राज्यको कुरा बाझिएको छ, खास कुरोको चुरो के हो भन्ने बारेमा सबै अनभिज्ञ नै छन् । यता विमान स्थल सञ्चालनका विषयमा सरकार तथा विभिन्न सम्बन्धित निकायहरुसँग सहकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुखले केही दिन अगाडि प्रधानन्त्री केपी शर्मा वलीलाई पनि भेटेर यस विषयमा जानकारी गराएका छन् । तर, कहिले विमान स्थल सञ्चालन हुने र यहाँका स्थानीयहरु कति दिन नेपालगञ्ज पुगेर जहाज चढ्ने भन्ने विषय भने गर्भमै रहेको छ ।

गोरक्ष राष्ट्रिय दैनिकको विषेशांकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*